ग्रिनल्यान्डबारे ट्रम्पको धम्की– ‘अब फर्किने बाटो छैन’ « Khabarhub

ग्रिनल्यान्डबारे ट्रम्पको धम्की– ‘अब फर्किने बाटो छैन’


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिने धम्कीलाई पुनः दोहोर्याएका छन्। सामाजिक सञ्जालमार्फत उनले धम्की दिएका हुन् । उनले भनेका छन्, “अब फर्किने बाटो छैन । ग्रिनल्यान्ड अत्यन्तै आवश्यक छ ।”

ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनका क्रममा ग्रिनल्यान्ड हासिल गर्न उनी कति टाढासम्म जान तयार छन् भन्ने प्रश्नमा ट्रम्पले, “तपाईंहरूले थाहा पाउनुहुनेछ,” भनेर जवाफ दिएका थिए।

यसैबीच, स्विट्जरल्याण्डमा भइरहेको वर्ल्ड इकोनोमिक फोरमको बैठकमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले चेतावनी दिएपछि ट्रम्पले ग्रिनल्यान्डबारे थप धारणा सार्वजनिक गरेका हुन् ।

राष्ट्रपति ट्रम्प बुधबार डाभोस पुग्ने कार्यक्रम रहेको छ। उनले त्यहाँ ग्रिनल्यान्डसम्बन्धी “धेरै बैठकहरू तय गरेको बिबिसीले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  ८ : २४ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद