बालेनलाई सघाउन गएका युवासंघका नेता २४ घण्टामै एमालेमा फर्किए « Khabarhub

बालेनलाई सघाउन गएका युवासंघका नेता २४ घण्टामै एमालेमा फर्किए


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

दमक– नेकपा एमाले परित्याग गरेर बालेन शाहको टिममा गएका एक युवा २४ घन्टा नबित्दै पुनः पार्टीमै फर्किएका छन्।

राष्ट्रिय युवा सङ्घ नेपाल दमक नगर कमिटीका सचिव पद छोडेर बालेनलाई जिताउन गएका कमल गैरे २४ घन्टा पनि नबित्दै एमालेमै फर्किएका हुन्।

उनले सामाजिक सञ्जालमार्फत एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको तस्वीर सार्वजनिक गर्दै पार्टीमै फर्किएको घोषणा गरेका छन्।

फेसबुकमा उनले लेखेका छन्, ‘म कमलप्रसाद गैरे विद्यार्थी जीवनदेखि नै एमालेको जनसंगठन अनेरास्ववियु हुँदै राष्ट्रिय युवा सङ्घ नेपाल दमक नगर कमिटीमा सदस्य, उपसचिव र सचिवको भूमिका निर्वाह गर्दै आएको संगठित सदस्य हुँ। विगत लामो समयदेखि पार्टीका विभिन्न गतिविधिहरूमा इमान्दारीपूर्वक संलग्न रहँदै आएको छु।’

हिजो केही व्यक्तिहरूको दबाब र प्रभावमा परी सामाजिक सञ्जालमार्फत पार्टी छोडेको भनेर लेखिएको उनले बताएका छन्।

तर गहिरो सोच, अध्ययन र विश्लेषणपछि नेकपा एमाले मात्र राष्ट्र र जनताको आशा र भरोसाको केन्द्र भएको निष्कर्षमा पुगेको उनले बताएका छन् ।

‘हिजो भएका गल्ती सच्याउँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा बोकेको यही पार्टीमा हिजो पनि थिएँ, आज पनि यही छु र भोलि पनि यही रहने प्रतिबद्धता व्यक्त गर्दछु।दमक तथा झापा क्षेत्र नम्बर ५ हुँदै समग्र राष्ट्रको विकासका लागि केपी शर्मा ओली नै उपयुक्त नेतृत्व भएको ठहर गर्दै उहाँलाई जिताउन यही पार्टी तथा संगठनमा रही सक्रिय रूपमा लागिरहने संकल्प व्यक्त गर्दछु,’ उनले भनेका छन् ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  १२ : २५ बजे

भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

गोरखा – सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको

के हो आइतबार आकाशमा देखिएको चम्किलो दृश्य ?

काठमाडौं – आइतबार साँझ नेपालका विभिन्न स्थानबाट आकाशमा देखिएको उज्यालो

साढे २२ करोड जरिवाना र ६ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट एकजना फरार

पेट्रोल प्रतिलिटर १५ र डिजेल १० रुपैयाँले बढ्यो

काठमाडौँ – डिजेल र पेट्रोलको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय

नवनिर्वाचित सांसदलाई रास्वपाले अभिमुखीकरण तालिम दिने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका