कुलमानलाई धक्का, डकेन्द्रसहित तीन नेताले छाडे उज्यालो नेपाल « Khabarhub

कुलमानलाई धक्का, डकेन्द्रसहित तीन नेताले छाडे उज्यालो नेपाल


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीलाई झट्का लागेको छ। उक्त दलका तीनजना केन्द्रीय सदस्यहरूले पार्टी छाडेको घोषणा गरेका छन् ।

पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको जानकारी उनीहरूले बुधबार दिएका छन् ।

कुलमानको साथ छोड्नेमा पहिचानवादी नेता डकेन्द्रसिंह थेगिम, ज्ञानबहादुर गुरुङ र अमर इजम छन् । थेगिम उज्यालो नेपाल पार्टीका समानुपातिक उम्मेदवार पनि हुन् ।

विज्ञप्तिमा पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर रहेको, विचार, विधि र प्रक्रिया स्पष्ट नभएको तथा पहिचानसम्बन्धी एजेन्डा लिखित रूपमा नआएको उल्लेख छ । पार्टी परित्यागपछि आफूहरू स्वतन्त्र रहेर संयुक्त पहिचानवादी मोर्चालाई सशक्त बनाउने उनीहरूले बताएका छन् ।

कुलमानले पार्टी गठन गर्नु अघि डकेन्द्रसिंह थेगिम प्रदेश नम्बर १ पुनःनामकरण संयुक्त संघर्ष समितिका संयोजक थिए ।

ज्ञानबहादुर र अमर नागरिक उन्मुक्ति पार्टीमा सक्रिय थिए । उनीहरू लामो समयदेखि अरुणपूर्वका नौ जिल्लालाई ‘लिम्बुवान’ बनाउनुपर्ने मागसहित आन्दोलनमा थिए ।

डकेन्द्रसिंहको नाम उज्यालो नेपाल पार्टीको आदिवासी जनजाति क्लस्टरतर्फ तेस्रो नम्बरको समानुपातिक उम्मेदवार सूचीमा समावेश थियो ।

पार्टी परित्यागबारे जानकारी दिँदै उनले पहिचान, धर्म निरपेक्षता, ‘नो कोशी’ र ‘नो केबलकार’ जस्ता मुद्दामा पार्टी स्पष्ट हुन नसकेको गुनासो गरे । उनले यस्ता मुद्दा उठाउने उम्मेदवारलाई आगामी चुनावमा सहयोग गर्ने बताए ।

थेगिम इलाम–२ मा २०८१ मा भएको उपचुनावमा स्वतन्त्र उम्मेदवार बनेका थिए । त्यसबेला मुडा चुनाव चिह्न लिएका उनलाई हाल श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सहयोग गरेका थिए । उनी त्यसबेला दोस्रो हुँदा नेकपा एमालेका सुहाङ नेम्बाङ विजयी भएका थिए ।

कुलमानको पहलमा उज्यालो नेपाल पार्टी गठन भएपछि रास्वपासँग एकताको प्रयास भएको थियव । पुस १४ को एकता सहमति पुस २६ गते भाँडिएर विभाजित हुँदा उज्यालो नेपालले धक्का व्यहोरिसकेको छ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  १ : ०५ बजे

रुस-चीन शिखर वार्ता: न्यानो स्वागतका बीच पाइपलाइन सम्झौताबिना नै फर्किए पुटिन

बेइजिङ – केही क्षणका लागि बेइजिङ र मस्कोबीचको भिन्नता पहिल्याउन

दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

म्याग्दी– सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखरामार्फत म्याग्दी, मुस्ताङ

गोरखापत्रकाे महाप्रबन्धक तथा प्रेस काउन्सिल र सार्वजनिक सेवा प्रशरण संस्थामा अध्यक्ष आह्वान

काठमाडौँ– सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक तथा प्रेस काउन्सिल र सार्वजनिक

अतिक्रमित जग्गा खाली गराउँदै पोखरा महानगर

गण्डकी– पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित पोखरा बसपार्क र पोखराको मध्यभागबाट बग्ने

मधेसको आर्थिक वृद्धि १.३१ प्रतिशतमा सीमित हुने

जनकपुर– मधेस कृषि क्षेत्रमा नकारात्मक प्रभाव पारेका कारणले धान, मत्स्य