बेलायती राजपरिवारमा किचलो, महारानीले हटाइन् राजकुमार ह्यारीको तस्वीर ! | Khabarhub Khabarhub

बेलायती राजपरिवारमा किचलो, महारानीले हटाइन् राजकुमार ह्यारीको तस्वीर !


११ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– बेलायती राजनीतिमा उथलपुथल आएसँगै राजपरिवारमा पनि किचलो शुरु भएको छ ।

आपसी मतभेद् बढ्दै जाँदा राजपरिवारका सदस्यहरु समेत विखण्डनमा पुगेका छन् । उनीहरु अलग–अलग भएर बस्ने निर्णयमा पुगेको बताइन्छ ।

हालै आईटिभीले ह्यारीबारे बनाएको डकुमेन्ट्रीबाट पनि परिवारभित्रको विवाद बाहिरियो । बेलायती महारानी एलिजाबेथले ह्यारी र मेघनको तस्बिर आफ्नो कोठाबाट झिकेकी छन् । त्यस ठाउँबाट विलियम र केटको तस्बिर भने उनले हटाएकी छैनन् ।

राजकुमार ह्यारी र उनकी पत्नी मेघन मार्केल देश नै छाडेर दक्षिण अफ्रिका जाने तयारी गरेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

२०१८ मा मात्रै ‘हेलो म्यागजिन’ले प्रकाशित गरेको समाचारमा एलिजाबेथको कोठामा ह्यारी र मेघनको तस्बिर थियो । पछिल्लो समय भने त्यो तस्बिर त्यो कोठाबाटै हटाइएको छ ।

एलिजाबेथको यस्तो निर्णयलाई लिएर धेरैले पारिवारिक मतभेद्सँग जोडेर टिप्पणी गरेका छन् । त्यसो त, राजपरिवारबारे मेघनको टिप्पणीप्रति एलिजाबेथ असन्तुष्ट थिइन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  ८ : ०३ बजे

कृषि सामग्री ढुवानी गर्न किसानलाई ठेलागाडा सहयोग

रामपुर– कृषि सामग्री ओसारपसारका लागि किसानलाई ठेला गाडा वितरण गरिएको

ऋण भुक्तानीमै सकियो बजेटको १९.४६ प्रतिशत हिस्सा

काठमाडौँ – सरकारले चालु आर्थिक वर्षको ११ महिनामा सार्वजनिक ऋणको

सर्पले डसेर १३ वर्षीय किशोरको मृत्यु

अमरगढी– परशुराम नगरपालिका–७ सादनी निवासी १३ वर्षीय किशोर प्रकाश भट्टराईको

विभिन्न राजमार्गका ६ ठाउँमा सडक अवरुद्ध

काठमाडौं– बाढी र पहिरोका कारण देशका विभिन्न ६ स्थानमा सडक

एम्बुलेन्स मर्मत गरी शववाहन सञ्चालन

ओखलढुङ्गा– शेर्पा समाज बेल्जियम र जर्मनको आर्थिक सहयोगमा ओखलढुंगाको खिजीदेम्बा