टी–२० विश्वकपमा सहभागी नहुँदा बंगलादेशलाई ठूलो आर्थिक क्षति « Khabarhub

टी–२० विश्वकपमा सहभागी नहुँदा बंगलादेशलाई ठूलो आर्थिक क्षति


१० माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं -बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले भारतमा आयोजना हुने टी–२० विश्वकपमा सहभागी नहुने निर्णय गरेसँगै बंगलादेशी क्रिकेटलाई ठूलो आर्थिक क्षति हुने देखिएको छ।

बीसीबीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) र देशको अन्तरिम सरकारसँग पटक–पटक छलफल गरेपछि प्रतियोगितामा नजाने निर्णय गरेको हो। यद्यपि बोर्डले अझै प्रयास जारी रहेको जनाएको छ। तर विश्वकप सुरु हुन अब दुई हप्ता मात्र बाँकी रहेकाले सहभागिताको सम्भावना कमजोर बन्दै गएको छ।

आईसीसीले प्रतियोगिताको तय कार्यक्रम परिवर्तन गर्न नसकिने स्पष्ट संकेत दिएको छ। आईसीसीद्वारा आयोजना गरिने यस्ता ठूला प्रतियोगिताहरू क्रिकेट बोर्ड र खेलाडीका लागि आम्दानीको मुख्य स्रोत मानिन्छन्।

टी–२० विश्वकपमा सहभागी नहुँदा बीसीबी मात्र होइन, बंगलादेशका क्रिकेटर, प्रायोजक तथा क्रिकेटसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जोडिएका व्यक्तिहरूलाई पनि आर्थिक घाटा हुने अनुमान गरिएको छ।

प्रकाशित मिति : १० माघ २०८२, शनिबार  २ : ३७ बजे

मधेसमा नयाँ सरकार गठन गर्न तीन दलबीच छलफल

जनकपुरधाम– मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले), जनता

विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा दश जनाको मृत्यु

काठमाडौँ- देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परी सात जनाको मृत्यु

रोमानिया र क्रोएसिया पठाइदिन्छु भन्दै १८ लाख ठगी, ३६ वर्षीय शाही पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र क्रोएसिया पठाइदिन्छु भन्दै

ब्राजिलको निर्वाचनलाई ट्रम्पले भने- ‘लज्जास्पद’

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलमा सम्पन्न राष्ट्रपति निर्वाचनलाई ‘लज्जास्पद’

शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने

काठमाडौँ– नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को