बालेन पब्लिक डिबेटमा नबस्‍ने , भन्छन्– ७६ बच्चाको हत्यारासँग एउटै मञ्‍चमा उभिन्‍न « Khabarhub

बालेन पब्लिक डिबेटमा नबस्‍ने , भन्छन्– ७६ बच्चाको हत्यारासँग एउटै मञ्‍चमा उभिन्‍न


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग एउटै मञ्चमा पब्लिक डिबेट नगर्ने बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट फागुन २१ गतेको चुनावमा प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अगाडि सारिएका शाहले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको भनाइमाथि कडा प्रतिक्रिया जनाउँदै पब्लिक डिबेटमा सहभागी नहुने बताएका हुन् ।

सामाजिक सञ्जालमार्फत आफूलाई देश जलाउने र आतङ्कवादीको रूपमा चित्रित गरिएको आरोपप्रति कडा प्रतिक्रिया जनाउँदै उनले ओली तयार भएको भनिएको पब्लिक डिबेटमा नबस्ने बताएका हुन् ।

बालेनले भदाै २३ गते बालबालिकाको हत्या र २४ गते भएको आगजनी घटनाको जिम्मेवारी आफूहरूमाथि थोपरिएको भन्दै आपत्ति जनाउँदै ओलीको पब्लिक डिबेटको प्रस्ताव प्रति कडा प्रतिक्रिया जनाएका हुन् ।

शाहले आफू बालबालिकाको हत्या र त्यसका मतियारसँग एउटै मञ्चमा नउभिने बताएका हुन्।

बालेनले भनेका छन्, ‘७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिने छ ।’

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ९ : २८ बजे

पशुपतिमा साउने सोमबारको तयारी, सफाइ अभियान सुरु

काठमाडौं– साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि

कीर्तिपुर होल्डिङ सेन्टरमा प्रहरीको बाक्लो उपस्थिति, विस्थापितलाई स्मृति भवनमा सारियो (तस्बिरहरू)

काठमाडौं–  अविरल वर्षापछि आएको बाढीका कारण कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा

कङ्गोमा इबोला सङ्क्रमण तिव्र, ६४८ जनाको मृत्यु

एजेन्सी– लोकतान्त्रिक गणतन्त्र कङ्गोका स्वास्थ्य अधिकारीहरूका अनुसार शनिबार इबोला प्रकोपका

इरानमाथि प्रहार गर्न हजार क्षेप्यास्त्र तयार रहेको ट्रम्पको चेतावनी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ध्वस्त पार्ने धम्की दिँदै

काठमाडौंको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास

काठमाडौं– काठमाडौंको बुद्धनगरमा शनिबार बिहान एक जनाले आत्मदाहको प्रयास गरेका