राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु « Khabarhub

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

इटहरी– इटहरी उपमहानगरपालिकाको आयोजनामा आइतबारदेखि नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । 

इटहरी रङ्गशालाको खेलमैदानमा सुरु भएको प्रतियोगिताको औपचारिक उद्घाटन इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले गरेका हुन् ।

उद्घाटन समारोहमा प्रमुख पौडेलले विद्यार्थीको शारीरिक तथा मानसिक विकासका लागि खेलकुद अत्यन्तै आवश्यक रहेको बताए । उनले खेलकुदले अनुशासन, नेतृत्व क्षमता र प्रतिस्पर्धात्मक भावना विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे । 

राष्ट्रपति रनिङ शिल्डअन्तर्गत राष्ट्रियस्तरको प्रतियोगिता जितेर आउने विद्यार्थीलाई उपमहानगरपालिकाले विशेष सम्मान तथा पुरस्कार प्रदान गर्ने प्रमुख पौडेलले प्रतिबद्धता जनाए । खेलकुद क्षेत्रको दीर्घकालीन विकासका लागि स्थानीय सरकारले निरन्तर लगानी र सहयोग गर्दै जाने उनको भनाइ छ ।

उपमहानगरको शैक्षिक शाखा प्रमुख रमेश शाहले उपमहानगरभित्रका माध्यमिक तहका विद्यार्थी प्रतियोगितामा सहभागी हुने जानकारी दिए । 

उनका अनुसार तीन दिनसम्म सञ्चालन हुने यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी पालिकास्तरीय र त्यसपछि उच्च तहको प्रतियोगितामा सहभागी हुने अवसर पाउनेछन् ।

प्रतियोगितामा भलिबल, कबड्डी, दौड, कराँते, तेक्वान्दो, उसु, हाई जम्प, लङ जम्पलगायतका विभिन्न खेल विधा समावेश गरिएको छ । 

प्रतियोगितामा विद्यार्थीहरूको उत्साहजनक सहभागिता देखिएको छ भने अभिभावक र शिक्षकहरूको समेत उल्लेख्य उपस्थिति छ । उपमहानगरले यस्ता प्रतियोगितामार्फत विद्यालयस्तरमा प्रतिभावान् खेलाडी पहिचान गरी उनीहरूको क्षमता विकास हुने जनाएको छ । रासस

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  १२ : ३७ बजे

सिंहदरबारमा सुनाए प्रचण्डले हिसाब : फागुन २१ को चुनावमा नेकपा पहिलो दल बन्ने सम्भावना छ

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार सिंहदरबारमा

रवि र उनका साझेदारको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ जारी, आदेश आउन सक्ने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको संगठित

नेप्से ५७ अङ्कले बढ्दा करिब १४ अर्बको कारोबार

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकसँगै कारोबार रकममा उल्लेख्य सुधार

युक्रेन,रूस र अमेरिका त्रिपक्षीय वार्ता सकारात्मक, अर्को चरण चाँडै : जेलेन्स्की

युक्रेन– युक्रेन, रूस र संयुक्त राज्य अमेरिकाबीच दुई दिन चलेको

बालेन्द्रको दाबी : हामी सरकार बनाउँदैछौँ, रास्वपाको स्पष्ट बहुमत आउँछ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहले फागुन