शाहरूख खानको ‘किङ्ग’ को प्रदर्शन मिति घोषणा « Khabarhub

शाहरूख खानको ‘किङ्ग’ को प्रदर्शन मिति घोषणा


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडका सुपरस्टार शाहरूख खानको नयाँ एक्शन–थ्रिलर फिल्म ‘किङ्ग’ दर्शकहरूबीच निकै उत्साह जगाएको छ । 

अभिनेता शाहरूखको ६०औँ जन्मदिनमा मेकर्सले सार्वजनिक गरेको टिजरले फ्यानहरूलाई रोमाञ्चित बनाएको थियो ।

शनिबार २४ जनवरी,  मा शाहरूखले आफ्नो सोशल मिडियामा फिल्मको छोटो क्लिप शेयर गरेका थिए । यस मार्फत किङ्गको  प्रदर्शन मिति पनि २४ डिसेम्बर २०२६ (पुस ९ ) घोषणा गरिएको छ।

टिजरमा शाहरूखलाई हिमाली पहाडहरूमा उभिएर चिच्याउँदै, एक्शन अवतारमा देखाइएको छ । भिडियोले फिल्मको रोमाञ्चक र जोसिलो कथावस्तुको संकेत दिएको छ । फ्यानहरूले प्रतिक्रिया दिएका छन्, ‘यो केवल घोषणा होइन, यो चेतावनी हो कि किङ्ग फर्किएको छ।’ अर्का फ्यानले भने, ‘बक्स अफिसमा २००० करोड रुपैयाँ पक्का छ।’

यस फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गरेका छन् भने फिल्मको छायांकन विभिन्न लोकेशनमा जारी नै छ । यसमा शाहरूखसँगै उनकी छोरी सुहाना खानले ठूलो पर्दामा डेब्यु गर्दैछिन् ।

फिल्ममा थप कलाकारहरूमा दीपिका पादुकोण, अभिषेक बच्चन, अनिल कपूर, रानी मुखर्जी, अरशद वारसी, अभय वर्मा र राघव जुयाल रहेका छन् । सबै कलाकार फरक–फरक भूमिकामा फिल्मलाई रोमाञ्चक र आकर्षक बनाउने बताएका छन् ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ३ : २० बजे

खोटाङका तीन स्थानीय तहमा आइतबार पनि पठनपाठन

खोटाङ– यहाँका तीन स्थानीय तहले आइतबार पनि विद्यालयमा पठनपाठन सञ्चालन

नेकपा राष्ट्रिय महाधिवेशन मङ्सिर ११-१५ सम्म काठमाडौंमा हुने

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मङ्सिर ११ देखि

आर्थिक स्थायित्व कायम गर्दै मुलुकमा दिगो र समावेशी आर्थिक वृद्धि : गभर्नर पौडेल

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आर्थिक स्थायित्व

असिना–पानीले क्षतिग्रस्त बालीको अनुगमन

काभ्रेपलाञ्चोक– शनिबार र आइतबारको असिना–पानीले क्षति पुर्यायको धुलिखेल र पनौती