रोशनीपछि दलित कोटाबाट एमालेका पोर्तेल पनि राष्ट्रिय सभामा विजयी « Khabarhub

रोशनीपछि दलित कोटाबाट एमालेका पोर्तेल पनि राष्ट्रिय सभामा विजयी


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि नेकपा एमालेका २ र नेपाली कांग्रेसका एकजना विजयी भएका छन् ।

आइतबार कोशी प्रदेशमा भएको निर्वाचनमा दलिततर्फ नेकपा एमालेका सोम पोर्तेल निर्वाचित भएका छन् ।

पोर्तेलले प्रदेशसभा तर्फ ६८ र स्थानीय तहतर्फ २०१ मत प्राप्त गरेका छन् । पोर्तेल ७ हजार ४२३ मतसहित निर्वाचित भए ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीका खेम सुन्दासले प्रदेशसभातर्फ १८ र स्थानीय तहतर्फ ५७ मतदाताबाट २०३७ मत प्राप्त गरे ।

प्रदेशसभातर्फ एक मत बदर भएको छ । यसअघि एमालेकै रोशनी मेचे पनि निर्वाचित भएकी छन् । उता कांग्रेसबाट सुनील थापा यसपहिले नै निर्विरोध भइसकेका छन् ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ६ : ०३ बजे

विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि सरकारसँग पहल गर्न उद्योगीको आग्रह

विराटनगर- सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी तथा व्यवसायीहरूले विराटनगर महानगरपालिका–३ मा

समुदाय-प्रहरी साझेदारी कार्यक्रमबाट २१ हजारभन्दा बढी लाभान्वित

धरान– सुनसरीमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएको पाइएको छ ।

सोमेश्वरगढीमा प्रधानसेनापति अभिमानसिंहको शालिक अनावरण

नारायणगढ (चितवन)- समुद्र सतहबाट ८८० मिटरको उचाइमा उभिएर हेर्दा देखिने

माइखोला बेलासेमा बेलीब्रिज जडान सम्पन्न, सवारी सञ्चालन

फिक्कल– इलाम सदरमुकामबाट झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो दूरीको

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन

काठमाडौं- राजधानीकोे बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन भएको