गोविन्दा दम्पत्तिको विवाद फेरि चर्चामा : दुवै पक्षका आ-आफ्नै दाबी ! « Khabarhub

गोविन्दा दम्पत्तिको विवाद फेरि चर्चामा : दुवै पक्षका आ-आफ्नै दाबी !


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बलिउडका अभिनेता गोविन्दा र उनकी पत्नी सुनीता अहुजाबीचको सम्बन्धमा देखिएको विवाद एक वर्ष बितिसक्दा पनि सेलाएको छैन । पछिल्लो समय एक अन्तर्वार्तामा सुनीताले फेरि गोविन्दामाथि उनका कथित प्रेम सम्बन्धबारे गम्भीर आरोप लगाएकी छन् ।

सुनीताका अनुसार यस्ता अफवाहले उनीहरूका ठूला भइसकेका छोराछोरीलाई मानसिक रूपमा असर गरिरहेको बताएकी छिन् । एक भारतीय मिडियासँगको अन्तर्वार्तामा सुनीताले भनिन्, “मेरो बच्चाहरू अहिले ठूलो भइसकेका छन् । यस्ता कुराले उनीहरूलाई असहज बनाउँछ । म सधैँ भन्छु—यो उमेर यस्ता काम गर्ने होइन ।”

सुनीताले फिल्म उद्योगमा आउन संघर्ष गर्ने केही युवतीहरूमाथि पनि कटाक्ष गरिन् । उनका अनुसार, “आजकल केही केटीहरूलाई खर्च चलाइदिने ‘शुगर ड्याडी’ चाहिन्छ । हिरोइन बन्ने सपना देख्छन्, अनि पुरुषलाई फसाएर ब्ल्याकमेल गर्छन् ।”

सुनीताले गोविन्दालाई लक्षित गर्दै थपिन्, “धेरै यस्ता केटीहरू हुन्छन्, तर तपाईं मूर्ख त होइन । तपाईं ६३ वर्षको उमेरमा हुनुहुन्छ, राम्रो परिवार छ, श्रीमती र दुई ठूला बच्चा छन् । जवानीमा गल्ती हुन्छ, हामी सबैले गर्छौं, तर यो उमेरमा यस्तो व्यवहार सुहाउँदैन ।”

एकातिर सुनीता निरन्तर सार्वजनिक रूपमा गोविन्दाका सम्बन्धबारे बोलिरहेकी छन् भने अर्कोतर्फ गोविन्दाले भने यी सबै कुरा आफ्नाविरुद्धको ‘षड्यन्त्र’ भएको दाबी गरेका छन् । भारतीय मिडियासँगको कुराकानीमा गोविन्दाले लामो समयपछि मौनता तोड्दै भने, “धेरै समय चुप बस्दा मानिसहरूले मलाई कमजोर ठान्न थाले । त्यसैले अहिले बोलेको हुँ ।”

गोविन्दाका अनुसार, पर्दापछाडि उनीविरुद्ध ठूलो षड्यन्त्र चलिरहेको छ र यसमा उनका आफ्नै नजिकका मानिसहरू समेत अन्जानमा प्रयोग भइरहेका छन् ।

“सुरुमा उनीहरूले आफू प्रयोग भइरहेको छ भन्ने थाहा पाउँदैनन्,” उनले भने । सन् १९८७ मा विवाह बन्धनमा बाँधिएका गोविन्दा र सुनीता दुई सन्तान—टीना र यशवर्धनका अभिभावक हुन् । टीनाले सन् २०१५ मा ‘सेकेन्ड ह्यान्ड हसब्याण्ड’ फिल्मबाट बलिउडमा डेब्यू गरिसकेकी छन् भने छोरा यशवर्धन पनि चाँडै अभिनय क्षेत्रमा प्रवेश गर्ने तयारीमा छन् ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ५ : २३ बजे

खोटाङका तीन स्थानीय तहमा आइतबार पनि पठनपाठन

खोटाङ– यहाँका तीन स्थानीय तहले आइतबार पनि विद्यालयमा पठनपाठन सञ्चालन

नेकपा राष्ट्रिय महाधिवेशन मङ्सिर ११-१५ सम्म काठमाडौंमा हुने

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मङ्सिर ११ देखि

आर्थिक स्थायित्व कायम गर्दै मुलुकमा दिगो र समावेशी आर्थिक वृद्धि : गभर्नर पौडेल

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आर्थिक स्थायित्व

असिना–पानीले क्षतिग्रस्त बालीको अनुगमन

काभ्रेपलाञ्चोक– शनिबार र आइतबारको असिना–पानीले क्षति पुर्यायको धुलिखेल र पनौती