केन्द्रीय कारागार छिरेका गृहमन्त्रीले भेटे टोपबहादुर र राजेश अहिराजलाई « Khabarhub

केन्द्रीय कारागार छिरेका गृहमन्त्रीले भेटे टोपबहादुर र राजेश अहिराजलाई


१३ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री ओम प्रकाश अर्याल मंगलबार काठमाडौंस्थित दुई ठूला कारागार छिरे । उनी केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल र कारागार कार्यालय डिल्लीबजारमा पसेका हुन् । त्यस्तै केन्द्रीय कारागार अस्पताल त्रिपुरेश्‍वरको पनि उनले निरीक्षण गरे।

गृह सचिव, गृह मन्त्रालयको शान्ति तथा सुरक्षा महाशाखाका प्रमुख, कारागार व्यवस्थान विभागका महानिर्देशक, नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक लगायत उच्च अधिकारीको टोली लिई कारागार निरीक्षणमा पुगेका मन्त्री अर्यालले दुई कारागार कार्यालय र एक कारागार अस्पतालको अवस्था बुझे ।

मन्त्री अर्यालले केन्द्रीय कारागार कार्यालय जगन्‍नाथदेवलमा रहेका केन्द्र, भद्र र महिला सुधार गृहको निरीक्षण गरी त्यहाँका कैदिबन्दीसँग भेट गरे।

उनले उनीहरूका समस्याबारे जानकारी लिए । त्यस्तै कारागार कार्यालय डिल्लीबजारका महिला र पुरुष ब्लकहरुमा पुगी त्यहाँ राखीएका बन्दीसँग समेत भेट गरे।

अर्यालले मंगलबार केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल निरीक्षणका क्रममा दुईजना चर्चित कैदी टोपबहादुर रायमाझी र राजेश अहिराजसँग पनि कुरा गरेका छन् ।

एमालेका पूर्वसचिव रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरण र मधेशका पूर्वप्रदेश प्रमुख अहिराज घरमै काममा राखिएकी किशोरीलाई बलात्कार गरेको अभियोगमा हाल सजाय काटिरहेका छन् । उनीहरू गृहमन्त्रीसामु कुर्सीमा बसेर कुरा गरिरहेको फोटो सार्वजनिक भएको छ।

निरीक्षणको क्रममा सम्बन्धित कारागारका कारागार प्रशासकहरुले कारागारको क्षमता, भौतिक अवस्था बन्दीहरुको संख्या लगायतबारे मन्त्री अर्याललाई जानकारी गराए।

मन्त्री अर्यालले कारागारमा रहेका वृद्ध तथा दीर्घरोगी बन्दीहरुको सम्बन्धमा चिन्ता र चासो व्यक्त गरी उनीहरुको सजाय भुक्तानका सम्बन्धमा कानून अनुसार प्राप्त हुने राहत उपलब्ध गराउनुपर्ने धारणा राखे ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  ६ : ३० बजे

निर्वाचन विधि र प्रक्रियामा समसामयिक सुधार गर्न पूर्वआयुक्तहरूको सुझाव

काठमाडौं- पूर्वप्रमुख निर्वाचन आयुक्त तथा पूर्वनिर्वाचन आयुक्तहरूले बदलिँदो परिस्थितिअनुसार निर्वाचन विधि

रविले भने : केही मन्त्री र सांसदको तरिका ठिक छैन, मतदातासँग घमण्ड र रमिता नदेखाउनू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार मन्त्री

बेनी सेक्युरिटिजलाई नेप्सेले गर्‍यो तीन दिनका लागि निलम्बन

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बानेश्वरमा कार्यालय रहेको बेनी

चार महिनामा ११ हजार सरकारी कर्मचारी कारबाहीमा

 काठमाडौं- राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो चार महिनामा ११ हजार चार जना

घट्न बढ्न सकेन नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार ०.२६ अंकले घटेको छ