बेलायतमा १२ डिसेम्बरमा आम चुनाव गर्ने प्रस्ताव संसदद्वारा खारेज | Khabarhub Khabarhub

बेलायतमा १२ डिसेम्बरमा आम चुनाव गर्ने प्रस्ताव संसदद्वारा खारेज


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलायतमा आगामी डिसेम्बर १२ मा आम चुनाव गर्ने प्रस्ताव त्यहाँको संसदले खारेज गरिदिएको छ ।

प्रधानमन्त्री बोरिस जोनसोनको जोडबलका बाबजुद संसदले आम चुनावको प्रस्ताव खारेज गरिदिएको हो ।

सरकारले आगामी डिसेम्बर १२ मा आम चुनाव गर्नेगरी संसदमा विधेयक दर्ता गरेको थियो । उक्त विधेयक पारित गर्नका लागि संसदमा रहेका कूल सदस्य संख्याको दुई तिहाईको समर्थन आवश्यक थियो । तर, सरकारले भने विधेयकको पक्षमा २ सय ९९ जना सांसदको मात्रै समर्थन जुटाउन सक्यो ।

यसका बाबाजुद प्रधानमन्त्री बोरिसले छिट्टै आम चुनाव सम्पन्न गर्नका लागि पुनः अर्को विधेयक ल्याउने जनाएका छन् । उक्त विधेयक साधारण बहुमतले पारित हुने गरी ल्याइने पनि प्रधानमन्त्री बोरिसको भनाइ छ ।

जोनसोनले भनेका छन्– ‘संसद निष्क्रिय भइसकेको छ । सांसदहरु यो देशलाई बन्धक बनाएर राख्न सक्दैनन् ।’

तर, विपक्षी लेबर पार्टीले प्रधानमन्त्रीमाथि विश्वास गर्न नसकिने जनाएको छ ।

यस बीच युरोपेली संघ (इयू)ले बेक्जिट प्रक्रियाका लागि बेलायतलाई आगामी जनवरी ३१ तारिख सम्मका लागि समय दिने निर्णय गरेको छ ।

यसअघि प्रधानमन्त्री जोनसोन ३१ अक्टोबरमै ब्रेक्जिट लागू गर्नका लागि अडानमा थिए । यद्यपि इयूको नयाँ प्रस्ताव उनले पनि स्वीकार गरिसकेका छन् ।

अक्टोबर महिनाको पहिलो हप्तामा प्रधानमन्त्री जोनसोनले इयूलाई बिना हस्ताक्षरको पत्र लेख्दै ब्रेक्जिट प्रक्रियाको ‘विलम्ब’का लागि अनुरोध गरेका थिए ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ६ : २९ बजे

तीन उद्योगले तिरे ‘डेडिकेटेड’ तथा ‘ट्रङ्कलाइन’को विद्युत् महसुल बक्यौता किस्ता

काठमाडौं – डेडिकेटेड तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगले प्रिमियम

बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित

सिन्धुली – जिल्लाकै सबैभन्दा बढी जुनार उत्पादन हुने गोलञ्जोर गाउँपालिकाका

जेनजी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेमाथि अविलम्व कारबाहीको माग

मोरङ – जेनजीका नाममा सरकारी तथा निजी सम्पत्ति तोडफोड र

ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीको विशेष अभियान सुरु

काठमाडौं – काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण