आमिरको फिल्मका लागि करिनाले दिनुपर्‍यो पहिलोपटक अडिसन « Khabarhub

आमिरको फिल्मका लागि करिनाले दिनुपर्‍यो पहिलोपटक अडिसन


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री करिना कपुरले आफ्नो अभिनय जीवमै पहिलापटक आमिर खानलको आगामी चलचित्रका लागि अडिसन दिनुपरेको बताएकी छन् ।

अभिनेत्री कपुरले एक अन्तर्वार्तामा भनेकी छन् कि १९ वर्षदेखिको अभिनय यात्राका क्रममा पहिलो पटक आमिर खानको फिल्मका लागि अडिसन दिनुपरेको बताएकी हुन् ।

करिनाले आमिरको आगामी फिल्म ‘लाल सिंह चड्डा’का लागि अडिसन दिएकी हुन् । यो चलचित्र १९९४ मा रिलिज भएको अमेरिकी चलचित्र ‘फरेस्ट गम्प’को रिमेकका रुपमा आउन लागेको हो ।

करिनाले उक्त चलचित्रका लागि अडिसन दिनु आफ्ना लागि अप्रत्यासित भएको बताएकी छन् । यद्यपि चलचित्र क्षेत्रमा भइरहेको परिवर्तनलाई आफूले जहिले पनि स्वीकार गर्ने करिनाको भनाइ छ ।

‘लाल सिंह चड्डा’लाई आमिर खान समेत अभिनित चलचित्र ‘सेक्रेट सुरस्टर’ निर्देशन गरेका उद्वैत चौहानले निर्देशन गरिरहेका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ९ : २७ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी