काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले स्वच्छ, निष्पक्ष र धाँधलीरहित रुपमा निर्वाचन भए प्रत्यक्षतर्फ आफ्नो पार्टी पहिलो हुने दाबी गरेका छन् ।
पार्टीको रुकुम पूर्व–काठमाडौं सम्पर्क समन्वय समितिले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले केही शक्तिहरू निर्वाचनलाई गलत ढंगले प्रभावित पार्ने कोसिसमा रहेको भन्दै स्वच्छ, निष्पक्ष र धाँधलीरहित रुपमा निर्वाचन भए प्रत्यक्षतर्फ आफ्नो पार्टी पहिलो हुने दाबी गरेका हुन् ।
प्रत्यक्षतर्फ पार्टी पहिलो हुने अवस्था देखिए पनि समानुपातिकमा भने नेकपा पहिलो हुने सम्भावना कम रहेको उनको भनाइ छ ।
प्रचण्डले पार्टी पङ्तीले अलि मेहनत गरे प्रत्यक्ष र समानुपातिक जोड्दा एक नम्बर पार्टी बन्ने सम्भावना रहेको धारणा राखे । उनले निर्वाचनका बारेका यसअघि धेरै प्रश्न उठे पनि नेकपाले निर्वाचनमा जोड दिएको र देश निर्वाचनमय भएको बताए ।
प्रचण्डले जेन-जी आन्दोलनपछि मुलुक असाधारण जटिल परिस्थितिबाट गुज्रिएकाले राष्ट्रलाई एकताबद्ध गर्ने र आन्दोलनलाई एउटा नयाँ उचाइ दिनका लागि आफूले रुकुम पूर्वलाई चयन गरेको उल्लेख गरे ।
उनले सहिदहरूका सपना, क्रान्तिकारीहरूका सपनालाई पुरा गर्न समुदायमा आधारित समाजवादको मोडेल खडा गर्ने प्रतिबद्धता जनाए ।
रुकुम पूर्व नेपाली क्रान्तिको, जनयुद्धकालको एउटा केन्द्रीय आधार इलाका भएकाले आफ्ना लागि खास क्षेत्र रहेको उनको भनाइ छ ।













प्रतिक्रिया