अन्तिम श्रद्धाञ्जलीपछि पत्रकार सिटौलालाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै « Khabarhub

अन्तिम श्रद्धाञ्जलीपछि पत्रकार सिटौलालाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै


१८ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग चुनावी प्रचारमा हिँड्दा अछाममा बेहस भई उपचारको क्रममा रहेका पत्रकार दिनेश सिटौलालाई चलचित्र विकास बोर्ड परिसरमा अन्तिम श्रद्धाञ्जली दिइएको छ।

धापासीस्थित ग्रान्डी अस्पतालमा चिन्ताजनक अवस्थामै निधन भएका उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जली कार्यक्रमपछि पशुपति आर्यघाटमा लगिएको छ।

यसअघि परिवारका सदस्यहरूको आग्रहअनुसार अब उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याइएको थियो । जहाँ पोस्टमार्टमपछि चाबहिलस्थित बोर्ड परिसरमा राखेर पशुपति लगिएको हो ।

श्रद्धाञ्जली कार्यक्रममा चलचित्र पत्रकार संघ नेपालका समिर बलामीले सिटौला कुनै राजनीतिक दलका नभई व्यवसायिक पत्रकार भएको बताए । उनले बालेन्द्र साहलाई सघाउन पनि उनी विशुद्ध साथीका रुपमा गएको पनि उल्लेख गरे।

बोर्डकका अध्यक्ष दिनेश डीसीले एक जना कुशल पत्रकारलाई गुमाएको बताउँदै कार्यक्रममा छोटो श्रद्धाञ्जली शब्द अर्पण गरे।

अछामबाट नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी सुर्खेत हुँदै शुक्रबार काठमाडौं ल्याइएका सिटौला उपचाररत अस्पताल ग्रान्डीले आइतबार मृत घोषणा गरेको थियो ।

अस्पतालका अनुसार ब्रेन ह्यामरेजका कारण उनको आइतबार १२ : ४५ मा मृत्यु भएको थियो । सिटौलाको पार्थिव शरीर ग्रान्डीबाट चलचित्र विकास बोर्डमा लगेर राखिने तयारी थियो । तर पहिले शिक्षण अस्पतालमा पोस्टमार्टम गरेर लगिएको हो ।

अहिले उनको पार्थिव शरीर अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिएको छ।

शुक्रबार बिहान बेहोस भएका उनलाई त्यही दिन दिउँसो अछामबाट सुर्खेत हुँदै सेनाको स्काई ट्रकममा काठमाडौं ल्याएर ग्रान्डी अस्पतालको भेन्टिलेटरमा राखिएको थियो ।

४५ वर्षीय सिटौला पछिल्लो समय फिल्महरूका मिडिया संयोजकका रुपमा सक्रिय थिए । उनले एक सिने अनलाइन पनि सञ्चालन गर्दै आएका थिए ।

बालेन्द्र समूहमा निकट रहेर सक्रिय उनी राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव प्रचारका लागि पश्चिम पुगेका थिए ।

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  ५ : ३६ बजे

प्रधानमन्त्री नेतन्याहूले भने- ‘म जिउँदै छु’, मृत्युको हल्ला झुटो

काठमाडौं- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सामाजिक सञ्जालमा फैलिएको आफ्नो मृत्युसम्बन्धी हल्लालाई अस्वीकार

आज विश्व मुख स्वास्थ्य दिवस : मुख र दाँतको स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूको सुझाव

काठमाडौं–  ‘स्वस्थ मुख, सुखी जीवन’ नाराका साथ आज विश्व मुख

क्यान्‍सर घटाउन कसरी गर्ने मुखको हेरचाह ?

हरेक वर्ष मार्च २० मा मनाइने ‘विश्व मुख स्वास्थ्य दिवस’

लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागूऔषधसहित विभिन्न स्थानबाट २६

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

भोजपुर– ग्रामीण क्षेत्रमा विद्युत् विस्तार भएसँगै भोजपुरका विद्यालयमा प्रविधिमैत्री शिक्षण