बागलुङमा मतदाता फकाउन घरदैलोमा उम्मेदवार « Khabarhub

बागलुङमा मतदाता फकाउन घरदैलोमा उम्मेदवार


१९ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन मिति नजिकिएसँगै राजनीतिक दलले उम्मेदवारसहित घरदैलो अभियान तीव्र पारेका छन् । 

फागुन ४ गतेअघि आमसभा तथा खुला कार्यक्रम गर्न नपाउने भएपछि उम्मेदवार मतदाताको घरदैलो कार्यक्रममा छन् । 

माघ ६ गते उम्मेदवारी दर्ता गरेपछि मतदाता समक्ष पुगेर भोट माग्न उम्मेदवार व्यस्त देखिन्छन् । दुई निर्वाचन क्षेत्र रहेको बागलुङमा यसपाली २३ जना चुनावी मैदानमा छन् । 

क्षेत्र नम्बर १ मा ११ र क्षेत्र नम्बरमा २ मा १२ जना उम्मेदवार छन् । उनीहरू सबै दूरदराजका बस्तीदेखि सहर बजारका चोक र गल्लीमा भोट मागी रहेको भेटिन्छन् । 

निर्वाचन हाँक्न दलले नेतृत्व पनि चयन गरिसकेका छन् । सबै दलले निर्वाचनका लागि सम्पर्क कार्यालय खोलेर नेता कार्यकर्ता परिचालन गरिसकेका छन् । क्षेत्रीय तहमा निर्वाचनका कमान्डर बनाएर प्रचार अभियान थालिएको हो । 

नेपाली कांग्रेसले क्षेत्र नम्बर १ मा चण्डीप्रसाद शर्माको नेतृत्वमा दुई वटा प्रदेश क्षेत्रका सभापतिसहित पदाधिकारीलाई निर्वाचन परिचालन समितिमा राखेर काम थालिएको छ । 

नेकपा (एमाले)ले पूर्वसांसद् सूर्य पाठकलाई निर्वाचन परिचालनको कमान्डर बनाएको छ भने राष्ट्रिय जनमोर्चाले तिलक थापा तथा राष्ट्रिय स्वतन्त्र पार्टीले रोशन खड्काको नेतृत्वमा प्रचार अभियान थालेका छन् । 

पहिलो चरणमा निर्वाचनमा होमिएका उम्मेदवारले घर घरमा पुगेर जनतालाई भेट्ने, राजनीतिक प्रशिक्षण गर्ने र आफ्नो दलको उद्देश्य र लक्ष्यबारे बताउन थालेका छन् । 

निर्वाचन लक्षित गरेर राजनीतिक दलहरूले एक हजार पाँच सय जनासम्म सदस्य रहेको निर्वाचन परिचालन समिति पनि गठन गरेका छन् । 

निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेसले क्षेत्रीय सभापति जोकलाल बुढा, एमालेले विष्णुप्रसाद भुसाल, नेकपाले फमलाल निउरे र रास्वपाले ढालेन्द्र रायमाझीलाई प्रचार संयोजक बनाएको छ । 

प्रारम्भिक चरणमा क्षेत्र नम्बर २ मा पनि दलले घरदैलो कार्यक्रम गरिरहेका छन् । उम्मेदवारी दर्तापछि दैनिक विभिन्न दलका नेता तथा उम्मेदवार भोट माग्न आउने गरेको बागलुङ नगरपालिका–७ की सकुन्तला सापकोटले बताइन् । 

सापकोटाले भनिन्, ‘उम्मेदवार धेरै रैछन्, दिनदिनै आउँछन् भोट मलाई भन्छन्, हामीहरूले जनताको काम गर्छ, सुशासन कायम गर्छ उसैलाई भोट दिन्छौँ भनेको छौँ, चुनाव आउन अझै एक महिना बढी छ, तर भोट माग्ने आउने नेताहरूको कारण चुनाव आइसके जस्तो भइरहेको छ ।’

ढोरपाटन नगरपालिका–१ का खगेश्वर खत्रीले भोट माग्ने नेता तथा उम्मेदवारका कारण चुनावी सरगर्मी बढेको बताए । यस क्षेत्रमा १२ जना उम्मेदवार रहेको भन्दै दिनहुँ जसो मत माग्ने आउने गरेको उनको भनाइ छ । रासस
 

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  १२ : १२ बजे

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

कर्णाली– यही चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा

आज विश्व हिमनदी दिवस

काठमाडौं– आज विश्व हिमनदी दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा गत

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु साझेदारी वन उपभोक्ता समूहले

चैत १२ गते २ बजे नयाँ सांसदको शपथ : दुई घण्टा अगाडि उपस्थित हुनुपर्ने, थप के छ सूचनामा ?

काठमाडौँ – प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यको शपथ सम्बन्धी सूचना संघीय

कानुनविपरीत व्यापार व्यवसाय गरेको भन्दै दुई फर्मलाई जरिवाना

काठमाडौं– कानुनविपरीत व्यापार व्यवसाय गरेको अभियोगमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता