साउथ सुपरस्टार रामचरण बने जुम्ल्याहा सन्तानका पिता « Khabarhub

साउथ सुपरस्टार रामचरण बने जुम्ल्याहा सन्तानका पिता


१९ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता रामचरण र उनकी पत्नी उपासना कोनिडेला जुम्ल्याहा सन्तानका माता–पिता बनेका छन्। उपासनाले ३१ जनवरीमा हैदरावादस्थित अपोलो अस्पतालमा एक छोरा र एक छोरीलाई जन्म दिएकी हुन्।

यो खुसीको खबर रामचरणका पिता तथा दिग्गज अभिनेता चिरञ्जीवीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्। उनले आफ्नो आधिकारिक ‘एक्स’ अकाउन्टमा पोस्ट गर्दै रामचरण र उपासनालाई जुम्ल्याहा सन्तानको आशीर्वाद प्राप्त भएको जानकारी दिएका छन्। पोस्टमा उनले बुहारी उपासना र दुवै नवजात शिशुको स्वास्थ्य अवस्था राम्रो रहेको उल्लेख गरेका छन्।

चिरञ्जीवीले हजुरबुबा–हजुरआमाका रूपमा परिवारमा नयाँ सदस्यको स्वागत गर्न पाउनु अत्यन्तै आनन्ददायी र ईश्वरीय आशीर्वादको क्षण भएको प्रतिक्रिया दिएका छन्।

खुसीको खबर पाएपछि रामचरण आफ्नी जेठी छोरी क्लिन कारासँगै अपोलो अस्पताल पुगेका थिए। अस्पताल परिसरमा उनलाई देख्न मिडिया र प्रशंसकहरूको उल्लेख्य भीड लागेको थियो।

रामचरण र उपासनाको विवाह सन् २०१२ मा भएको हो। विवाहको ११ वर्षपछि सन् २०२३ मा उनीहरूले पहिलो सन्तानका रूपमा छोरी क्लिन कारालाई स्वागत गरेका थिए। अहिले जुम्ल्याहा सन्तानको जन्मसँगै रामचरण–उपासनाको परिवार थप खुसी र पूर्ण बनेको छ।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  १२ : ३५ बजे

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

दमौली– देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५

साल्पा मेला भर्न गएका शिक्षकको कुटपिट गरेर हत्या, एकैगाउँका ११ जना समातिए

काठमाडौं- खोटाङबाट प्रसिद्ध धार्मिकस्थल साल्पा पोखरीमा मेला भर्न गएका एकजना

इरानद्वारा अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र प्रहार

वासिङ्टन- इरानले अमेरिकी आक्रमणको जवाफमा जोर्डनमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित

बाढीसँगै बिलाए खरिदारमा नाम निकालेर पहिलो पोस्टिङमा टिमुरे पुगेका आयुष

चितवन– सल्यानका २१ वर्षीय आयुष खड्का स्नातकको परीक्षा दिन रसुवाबाट दुई

पाँच दिनपछि धुञ्चेमा ‘जेनेरेटर’ : निःशुल्क मोबाइल चार्ज, टुटेको आशालाई जोड्दै

रसुवा– जिल्ला सदरमुकाम धुन्चेमा ‘मोबाइल फोन चार्ज’का लागि  ‘जेनेरेटर’ ल्याइएको