रतन टाटाको पछिल्लो लगानी विद्युतीय मोटरसाइकलमा « Khabarhub

रतन टाटाको पछिल्लो लगानी विद्युतीय मोटरसाइकलमा


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- टाटा सन्सका पूर्व चेयरम्यान रतन टाटाले विद्युतिय मोटरसाइकल उत्पादन गर्ने स्टार्टअप कम्पनी टर्क मोटरमा लगानी गरेका छन् । यद्यपि, भारतको पुर्णेमा रहेको टर्क मोटरमा रतन टाटाले कति रकम लगानी गरे भन्ने विषयमा भने केही खुलाईएको छैन ।

टर्क मोटरले आफ्नो पहिलो प्रिमियम इलेक्ट्रीक मोटरसाइकल ‘टी६एक्स’ सार्वजनिक गर्ने तयारीलाई अन्तिम चरणमा पुर्याएको छ । टर्क मोटरले सन् २०१६ मा पहिलो पटक उक्त मोटरसाइकलको प्रोटोटाइप सार्वजनिक गरेको थियो । तर, पछि आर्थिक समस्यामा कम्पनी फसेकाले उक्त मोटरसाइकल उत्पादनको काममा समस्या आएको थियो ।

अब भने टाटाले लगानी गरेसँगै कम्पनीले इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक गर्ने भएको हो । कम्पनीले सुरुमा उक्त मोटरसाइकल पुर्णे र बैंगलोरमा बिक्री सुरु गर्ने जनाएको छ ।

कम्पनीले यसमा लिथियम आयन व्याट्रीको प्रयोग गरेको छ । यसको उच्चतम गति १०० किलोमिटर प्रतिघन्टा रहेको छ भने एक पटकको फुल चार्जमा १०० किलोमिट गुडाउन सकिने कम्पनीले जनाएको छ । यसमा रहेका हरेक फिचरलाई मोबाइल फोनबाटै नियन्त्रण गर्न सकिने जनाइएको छ ।

लगानीको रकम नबताइए पनि रतन टाटाले यस विषयमा भने ‘टर्क मोटर टिमले निकै राम्रोसँग काम गरिरहेको र इलेक्ट्रीक सवारीसाधनमा हरेकले पाइला अगाडि बढाएको समयमा नयाँ टिमसँग जोडिन पाउँदा खुसी छु ।’

त्यस्तै, टर्क मोटरका सिइओ कपिल साल्केले भने ‘रतन टाटा जस्तो विश्व प्रसिद्ध व्यवसायीक व्यक्तित्वले आएर हाम्रो फ्याट्री भिजिट, उत्पादनको निरीक्षण र मोटरसाइकल चढेर हेरेसँगै लिएको डिसिजनबाट म लगायत हाम्रो टिम निकै उत्साहित छौं । यो उत्साहलाई कायम राख्दै हामी अघि बढ्ने छौं ।’ भविष्यमा उहाँ हाम्रो बोर्डमा बसेर काम गरे अझै हामीले त्यसबाट फाइदा लिन सक्नेछौं ।’

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  १२ : ३४ बजे

ऋषि क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटरमा ताला 

काठमाडौं– समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय र व्यवसाय सञ्चालन गरेर

सधैँ प्रयोग, अभ्यास र विकल्पको खोजीमा लाग्दा देश प्रयोगशाला मात्र बन्यो : पूर्वराजा शाह

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले देशको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्या बढ्यो

दमौली– यहाँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ ।

आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी

गण्डकी– लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगहरूबीचको कार्यपद्धतिमा एकरूपता र

त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक नियन्त्रणमा

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब दुई किलो गाँजासहित एक भारतीय