तनहुँमा यसवर्ष ४५ करोड बढीको सुन्तला बिक्री « Khabarhub

तनहुँमा यसवर्ष ४५ करोड बढीको सुन्तला बिक्री


२१ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

तनहुँ– यहाँका किसानले यस वर्ष सुन्तला बिक्रीबाट साढे पैँतालीस करोड आम्दानी गरेका छन् । गतवर्ष ४२ करोड बराबरको बिक्री गरेको यस जिल्लाले यस वर्ष रु साढे तीन करोड बढीको सुन्तला उत्पादन गरेको हो । 

जिल्लामा एक हजार ६७० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएकामा ९७७ हेक्टरबाट उत्पादन भएको कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत एवं सूचना अधिकारी किरण परियारले जानकारी दिए । उनका अनुसार एघार हजार ८२१ दशमलव सात मेट्रिकटन उत्पादन भएकामा औपचारिक रूपमा पाँच हजार ८२१ दशमलव नौ मेट्रिकटन सुन्तला उत्पादन बिक्री हुँदा उक्त कारोबार भएको हो ।  

जिल्लाको आँबुखैरेनी, घिरिङ्ग, देवघाट, भीमाद, म्याग्दे, ऋषिङ्ग, बन्दीपुर, व्यास र शुक्लागण्डकी नगरपालिकाका विभिन्न क्षेत्र सुन्तलाखेतीका लागि पकेट क्षेत्रको प्रख्यात मानिन्छन् । सुन्तला उत्पादनबाट राम्रो आम्दानी गर्न थालेपछि सुन्तलाखेतीतर्फ किसानको आकर्षण बढ्दै गएको कार्यालय प्रमुख परशुराम अधिकारीले बताए।  

तनहुँमा उत्पादित अधिकांश सुन्तला दमौली, पोखरा र काठमाडौँका व्यापारीले लैजाने गरेका छन् । सुन्तला खरिदका लागि व्यापारी बगैँचासम्म पुग्ने गरेका थिए । त्यसका कारण किसान बिक्रीका लागि बजारको समस्या खेप्नु नपर्दा थप उत्साहित देखिएका हुन् ।

कार्यालयबाट अनुदान अन्तर्गत किसानलाई निःशुल्क रूपमा बेर्ना, नयाँ क्षेत्रफल विस्तारका लागि खाल्टो खन्न, सिँचाइ गर्न पोखरी बनाउन, अनावश्यक हाँगा काट्ने मेसिन खरिद गर्न सून्तला जात फलफूल विकास कार्यक्रमअन्तर्गत अनुदानको व्यवस्था गरिएको सूचना अधिकारी परियारले जानकारी दिए । 

किसानलाई सुन्तलामा लाग्ने रोग, किराका बारेमा जानकारी दिन स्थलगत रूपमा अभ्यासमूलक तालिम सञ्चालनसँगै आवश्यक उपकरण हस्तान्तरण गरी प्रोत्साहन गर्दै आएको सो कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  १ : २६ बजे

चुनावमा भ्रामक प्रचार रोक्न टिकटक र आयोगबीच सहकार्य

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनमा

श्रमिकको परिवारलाई २० लाख बढी आर्थिक सहायता

काठमाडौं– सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध

राती बत्ती बालेर सुत्दा हृदयरोगको जोखिम उच्च 

काठमाडौं– रातमा बत्ती बालेर सुत्दा हृदयरोगको जोखिम उल्लेखनीय रूपमा बढ्ने

लुम्बिनीको स्थापना दिवस : सङ्घीयताको बलियो आधार नै प्रदेश

लुम्बिनी– लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेशको दिगो विकास

देशको अवस्थाले जनताको मानसिक स्वास्थ्यमा असर पारेको छ : स्वास्थ्यमन्त्री शर्मा

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा.सुधा गौतम शर्माले देशको वर्तमान आर्थिक,