प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच निर्वाचनकेन्द्रित वार्ता « Khabarhub

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच निर्वाचनकेन्द्रित वार्ता


२२ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार फागुन २१ गतेको निर्वाचनकेन्द्रित वार्ता भएको छ।

उनीहरूबीच आसन्न प्रतिनिधिसभाको निर्वाचनलाई लिएर बिहीबार बालुवाटारमा लामो संवाद भएको हो ।

एमाले अध्यक्ष ओलीले फागुन २१ गते तोकिएको प्रतिनिधि सभाको निर्वाचनका लागि अझै शान्ति सुरक्षाको वातावरण बनिनसकेको बताइरहेका छन् ।

सरकारले भने निर्वाचनका लागि बुधबारदेखि ८० हजार सेना खटिइसकेको बताउँदै अब त्यसमा कुनै कमीकमजोरी नहुने बताउने गरेको छ ।

जेन-जी आन्दोलनपछि सरकारमा गएकी कार्की र सरकारबाट बाहिरिएका ओलीबीच लामो समय संवादहीनताको अवस्था थियो । तर पछिल्लो समय दुईजनाबीच विश्वासको वातावरण बनाउने कोसिस जारी रहेको छ।

यसअघि पनि कार्की र ओलीबीच तीन चरणमा वार्ता भइसकेको छ । बिहीबारको भेटमा ओलीले प्रधानमन्त्रीसँग निर्वाचनलाई भयरहित, स्वतन्त्र र निष्पक्ष बनाउन सुरक्षा चुनौती यथावत रहेको बताएका थिए।

राजनीतिक दलका उम्मेदवारहरूले चुनावी अभियानलाई तीव्र पारिसकेका छन् । तर कांग्रेस र एमाले अझै राम्रोसँग चुनावी अभियानमा होमिइसकेका छैनन् । बिहीबारको भेटमा प्रधानमन्त्रीले ओलीसँग मतदाता, उम्मेदवार र कर्मचारीको सुरक्षामा कुनै कसर नराखिने बताएकी उनको सचिवालयले जनाएको छ ।

बिहान करिब साढे १० बजे बालुवाटार छिरेका ओली दुई घण्टा लामो वार्तापछि बाहिरिएका छन् । एमाले र नेकपा दुवैले निर्वाचन एकै चरणमा गर्नुपर्ने अडान राखिरहेका छन् ।

निर्वाचन आयोगसँग भएको छलफलमा एमालेका प्रतिनिधि मौसमका कारण फागुनमा २१ मा देशभर एकसाथ चुनाव गर्न मुस्किल पर्न सक्ने बताएको थियो । यस्तोमा एकै चरणमा निर्वाचन गर्न केही समय सार्न सकिने उसको राय थियो ।

उता भदौ २७ गते विघटन गरिएको संसद् पुनर्स्थपनाका लागि सर्वोच्च अदालतले त्यसविरुद्ध परेका रिटको छिटो सुनुवाइ गर्नुपर्ने माग पनि एमालेले गरिरहेको छ ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार  १ : ३१ बजे

प्रधानमन्त्री शाहले आज विश्वविद्यालयका उपकुलपतिहरूसँग छलफल गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले आज  विश्वविद्यालय र  प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल

इरानी पानी जहाज नियन्त्रणमा लिएको अमेरिकाको दाबी, इरान भन्छ– ‘समुद्री डकैतीको जवाफ दिन्छौँ’

काठमाडौँ– अमेरिकाले स्ट्रेट अफ होर्मुज नजिकैबाट एउटा इरानी पानीजहाज नियन्त्रणमा

कांग्रेस विवादमा सहमति : नेता खड्कामाथिको स्पष्टीकरण फिर्ता लिने तयारी

काठमाडौँ– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवादमा सहमतिको वातावरण बनेको छ

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदीप ज्ञवाली

काठमाडौँ– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न सरकारसँग जेनजी मुभमेन्टको माग

काठमाडौँ– जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङलाई तत्काल पदबाट बर्खास्त