काव्यात्मक न्यारेसन शैलीमा पारिवारिक फिल्म ‘श्री बुकुरो’को ट्रेलर सार्वजनिक « Khabarhub

काव्यात्मक न्यारेसन शैलीमा पारिवारिक फिल्म ‘श्री बुकुरो’को ट्रेलर सार्वजनिक


२२ माघ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फागुन १ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘श्री बुकुरो : द होम कलिङ’को ट्रेलर बिहीबार सार्वजनिक भएको छ ।

काव्यात्मक न्यारेसन शैलीमा तयार पारिएको यो ट्रेलरको केन्द्र भागमा वरिष्ठ कलाकार लक्ष्मी गिरी छन् । ट्रेलरले फिल्मको शीर्ष पात्र उनी नै रहेको प्रष्ट पार्छ ।

फिल्मकी मुख्य पात्र लक्ष्मी गिरीको बुकुरो (सानो घर) बनाउने चाहना, छोराहरूको विवाह, उनीहरूको खुसी र पारिवारिक उत्तारचढावको घटना ट्रेलरमा समेटिएको छ ।

ट्रेलरले फिल्म विशुद्ध पारिवारिक कथामा बनेको प्रष्ट पार्छ ।

निर्देशक सुदीप भुपाल सिंह भन्छन्, ‘सामाजिक पारिवारिक फिल्म दर्शकले रुचाएको पाइन्छ । यो फिल्म पनि दर्शकको रोजाइको हो ।’

निर्देशक सिंह ९ वर्षपछि निर्देशनमा फर्किएका हुन् । उनले फिल्महरु ‘माला’ र ‘रुद्रप्रिया’ निर्देशन गरेका छन् ।

फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको सिनेमामा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी र रश्मी भट्टलगायतको अभिनय रहेको छ ।

निर्देशक सिंह आफैँले यो फिल्म लेखेका हुन् । निर्माता रुबी सेन सिंह हुन् ।

ट्रेलर :

प्रकाशित मिति : २२ माघ २०८२, बिहिबार  ६ : ५९ बजे

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम

महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा भोलि बिहान ५ बजेदेखि पूजाआरधना गर्न पाइने

काठमाडौँ- विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्ला- जुम्लाबाट सात हजारभन्दा बढी मेट्रिकटन टन स्याउ निर्यात भएको