प्रतिनिधिसभा निर्वाचन २६ दिन बाँकी : २४ उम्मेदवारले बुझाए स्पष्टीकरण « Khabarhub

प्रतिनिधिसभा निर्वाचन २६ दिन बाँकी : २४ उम्मेदवारले बुझाए स्पष्टीकरण


२४ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब २६ दिन बाँकी रहेको छ ।

निर्वाचन तयारीका क्रममा आचारसंहिता उल्लङ्घन गरेको अभियोगमा निर्वाचन आयोगले स्पष्टीकरण सोधेकामध्ये २४ उम्मेदवारले जवाफ बुझाएका छन् । आयोगले ३४ जनालाई स्पष्टीकरण सोधेको थियो । त्यसमध्ये अझै १० उम्मेदवारले जवाफ दिएका छैनन् ।

आयोगले कूल ३४ राजनीतिक दल र सम्वद्ध उम्मेदवारलाई स्पष्टीकरण सोधेकामध्ये २४ जनाले बुझाए पनि अन्यको जवाफ नआएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

आयोगले आचारसंहिताको प्रभावकारी परिपालना गराई उल्लङ्घनका घटनालाई न्यूनीकरण गर्न प्राप्त उजुरीमा आवश्यक जाँचबुझ र कारवाहीको प्रक्रिया अघि बढाइरहेको छ ।

आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुमगन अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालय क्रियाशील रहेका छन् ।

जिल्लास्तरमा आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाइ कार्यान्वयन सुनिश्चितताका लागि निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई जिम्मा दिइएको छ । सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका अन्य विषय हेर्ने अख्तियारी छ ।

जिल्लामा प्रमुख कोष नियन्त्रक र कोष नियन्त्रकलाई आर्थिक विषयमा अनुगमन गर्न आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ । छोटो समयमै सबै जिल्लामा सरोकारवालालाई आचारसंहिताबारे जानकारी गराउने र आचारसंहिता पालना गर्ने प्रतिवद्धता गराउनेकार्य प्रभावकारी रूपमा भइरहेको आयोगले जनाएको छ ।

जिल्लास्तरमा प्राप्त भएका आचारसंहिता उल्लङ्घनका सम्बन्धमा प्राप्त भएका उजुरीलाई आवश्यक कारवाही गरिएको आयोगले जनाएको छ । 

प्रकाशित मिति : २४ माघ २०८२, शनिबार  ६ : २४ बजे

पछिल्ला २४ घन्टामा कहाँ कति पर्‍यो पानी ?

काठमाडौं – तराई क्षेत्रमा तातो बढिरहेका बेला आज देशका विभिन्न

सुकुमवासीसँग पोखरा महानगरले माग्यो विवरण

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा बनेका संरचना

चौतारीमा हेमन्त कान्छासँग छमछम नाच्दै रचना रिमाल

काठमाडौँ । गायक तथा सारंगीवादक हेमन्तकान्छा रसाइलीले लोक लयमा आधारित

स्वास्थ्यमन्त्री मेहता र भारतीय समकक्षी नड्डाबीच भेटवार्ता

काठमाडौं – स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका

चीन–युरोप अन्तरिक्ष सहकार्यमा ऐतिहासिक सफलता, ‘स्माइल’ उपग्रह प्रक्षेपण

फ्रेन्च गिआना – चिनियाँ विज्ञान प्रतिष्ठान र युरोपेली अन्तरिक्ष एजेन्सी