रामप्रसादराई गाउँपालिका साकेला सिली संरक्षणमा जुट्दै « Khabarhub

रामप्रसादराई गाउँपालिका साकेला सिली संरक्षणमा जुट्दै


२४ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font


भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिका परम्परागत साकेला सिलीको संरक्षणमा जुटेको छ । पालिकाले साकेला सिली संरक्षणका लागि प्रशिक्षण नै दिन सुरु गरेको छ ।

रैथाने ज्ञान महोत्सव २०८२ को अवसरमा पालिकाले साकेला सिली प्रशिक्षण सुरु गरेको हो । किरात जातिको सांस्कृतिक नृत्यकारूपमा हेरिएको साकेला सिली नाचिए पनि पछिल्ला समय यसको सांस्कृतिक पक्ष बारे जानकारी हुन छाडेकोले सैद्धान्तिक र प्रयोगात्मकरूपमा सिली प्रशिक्षण गरिएको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए ।

आगामी माघ २६ गतेसम्म आवाससहितको व्यवस्था गरिएको प्रशिक्षणमा अध्येता सालिक सतासक राई, संरक्षक राई, अर्जुन राई र मानबहादुर राईले सहजीकरण गरि रहेका छन् ।

साकेला सिली प्रशिक्षणमा ३० जनाको सहभागिता रहेको छ । पालिकाभित्रका हरेक जातजातिका संस्कृति र रैथाने ज्ञानलाई प्रवर्द्धन गर्नु स्थानीय सरकारको दायित्व रहेकाले रैथाने ज्ञान महोत्सवको आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष वीरेन्द्र राईले जानकारी दिए । सोही अवसरमा भइरहेको साकेला सिली प्रशिक्षणले यसको संरक्षणमा थप मद्दत गर्ने उनको भनाइ छ ।

यता २६ गते हुने वृहत रैथाने महोत्सवको पनि तयारी थालिएको छ । सो अन्तर्गत विभिन्न तीन शीर्षकमा प्यानल डिस्कोर्सको आयोजना गरिएको छ ।

पर्यटनमा रैथाने स्वाद र स्वामित्व विषयमा पाविहाङ राई, सचिन डाँगी, दिलकुमार खालिङ, र सम्पदा लिम्बुले बहस गर्नेछन् । त्यस्तै शिक्षामा स्वदेशी सपना शीर्षकमा रजत राई, सूर्य राई, निर्माण किराती र भूमिका पाख्रिनले बहस गर्नेछन् । त्यस्तै लोक रिझाइको राजनीति शीर्षकमा राजन समीप, यजस्वी राई, रिझन रानामगर र प्रकाश राईले बहस गर्ने आयोजकले जानकारी दिएको छ । पालिकाको आर्थिक सहयोगमा महोत्सव हुने छ ।

तेस्रो शृंखलाकारूपमा आयोजना गरिएको यस कार्यक्रममा यसभन्दा अघि खगेन्द्र सङ्ग्रौला, युग पाठक, कैलाश राई, अनुभव अजित, भोगीराज चाम्लिङ, दिपक सापकोटा, भूपाल राई, राजन मुकारुङ, कविता राई, हरि रोका, खिनु लुङ्वा, चन्द्र हतुवाली, नुनुता राई, सिता थुलुङ गणेशकुमार राई, सुदन किराती, अशोक राई, प्रेमकुमार राईलगायतले बहस गरिसकेका छन् ।

यसअघिका वर्षमा आमचोक र गत वर्ष रामप्रसाद राई गाउँपालिकामा कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक राजन समीपले जानकारी दिए । 

प्रकाशित मिति : २४ माघ २०८२, शनिबार  ६ : ३५ बजे

दासढुंगामा रोकिराखेको ट्यांकरमा बस ठोक्किँदा १३ जना घाइते

काठमाडौं– नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको भरतपुर २९ दासढुंगामा

उपराष्ट्रपतिसँग साउदी अरेबियाका राजदूतको भेट, श्रम सम्झौताले सहयोग बढाउने विश्वास

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद

गृहमन्त्री गुरुङले मन्त्रालयको कार्यकक्षमै बोलाएर सुन्न थाले सर्वसाधारणका गुनासा 

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मन्त्रालयको कार्यकक्षमै सर्वसाधारणका गुनासा प्रत्यक्ष सुन्न

हिरासतबाट ओलीले बादललाई तोके कार्यवाहक अध्यक्ष

काठमाडौं- नेकपा एमालेले रामबहादुर थापा बादललाई कार्यवाहक अध्यक्ष तोकेको छ

विपद्मा प्रयोग गर्न दुईवटा हेलिकप्टर तयारी अवस्थामा राखिने

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले विपद्मा प्रयोग गर्न दुईवटा हेलिकप्टर तयारी