भेनेजुएलामा आममाफी विधेयक विवादमा, विपक्षद्वारा गम्भीर कमजोरीको आरोप « Khabarhub

भेनेजुएलामा आममाफी विधेयक विवादमा, विपक्षद्वारा गम्भीर कमजोरीको आरोप


२४ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भेनेजुएलामा २७ वर्ष लामो समाजवादी शासनकालका क्रममा पक्राउ परेका राजनीतिक असन्तुष्टहरूलाई लक्षित गरी ल्याइएको आममाफी विधेयकलाई लिएर तीव्र विवाद उत्पन्न भएको छ।

देशको सबैभन्दा ठूलो विपक्षी गठबन्धनले प्रस्तावित कानुनमा गम्भीर कमजोरी र छुटहरू रहेको आरोप लगाएको छ।

शुक्रबार सार्वजनिक गरिएको आममाफी कानुनको नयाँ मस्यौदा अघिल्लो दिन सार्वजनिक गरिएको संस्करणको तुलनामा छोटो र अत्यन्तै सामान्य रहेको विपक्षीहरूको दाबी छ। विपक्षी गठबन्धनले जारी गरेको विज्ञप्तिमा यो विधेयकले नागरिक तथा सैनिक क्षेत्रका ठूलो संख्यामा रहेका राजनीतिक बन्दीहरूलाई समेट्न नसकेको, पीडितहरूका लागि क्षतिपूर्ति प्रदान गर्ने कुनै स्पष्ट संयन्त्र नराखेको तथा निर्वासनमा रहेका नागरिकहरूको सुरक्षित स्वदेश फिर्तीको सुनिश्चितता नगरेको उल्लेख गरिएको छ।

यता कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले भने उक्त विधेयकलाई राष्ट्रिय मेलमिलापको दिशामा ऐतिहासिक कदमको रूपमा चित्रण गर्दै समर्थन जनाइरहेकी छन्। पूर्व राष्ट्रपति निकोलस मादुरो सत्ताच्युत भएको करिब एक महिनापछि यो विधेयक अघि सारिएको हो।

डेल्सी रोड्रिगेजका दाजु तथा सत्तारूढ पक्षका प्रभावशाली नेताले यो कानुनले विगतका सबै राजनीतिक गल्तीहरू सच्याउने दाबी गरेका छन् । उनले दिवंगत नेता ह्युगो चाभेज र  उनका उत्तराधिकारी मादुरोले अघि सारेको अमेरिका विरोधी समाजवादी विचारधाराका कमजोरीहरू सुधार गरिने बताए।

उनका अनुसार संसद्ले आगामी मंगलबारसम्म यो विधेयक पारित गर्ने अपेक्षा गरिएको छ।

‘कानुन पारित हुने बित्तिकै सबै राजनीतिक बन्दीहरू त्यही दिन रिहा गरिनेछन्,’ उनले भने।

यसैबीच, राजनीतिक बन्दीका आफन्तहरू संसद् परिसर वरिपरि जम्मा भई आफ्ना प्रियजनको रिहाइको माग गर्दै भावुक बनेका थिए। 

भीडमा रहेका एक महिलाले आग्रह गर्दै भने, ‘कृपया मेरो परिवारको सदस्यलाई त्यहाँबाट बाहिर निकाल्दिनुहोस्।’ जवाफमा नेताले अर्को एक आफन्तलाई अँगालो हाल्दै भने, ‘हामी सबैलाई बाहिर निकाल्नेछौँ।’

सातौँ सुरक्षा क्षेत्रमा थुनामा रहेका एक राजनीतिक बन्दीकी पत्नी न्यान्सी प्लाजाले धेरै आमाहरू आफ्ना सन्तान र जीवनसाथीको हिरासतका कारण पीडामा रहेको बताए ।

‘मैले मेरा बच्चाहरूका लागि, मेरो लागि र सबै राजनीतिक बन्दीहरूका लागि यो काम गर्न आग्रह गरेकी हुँ,’ उनले भने।

‘हामीलाई उनको रिहाइ अत्यन्त आवश्यक छ। उनले आफ्नो वाचा पूरा गर्नुहुनेछ भन्नेमा म विश्वास गर्न चाहन्छु।’

विश्लेषकहरूका अनुसार यदि यो आममाफी कानुन संसद्बाट पारित भएमा भेनेजुएलाको राजनीतिक संक्रमण प्रक्रियामा महत्वपूर्ण मोड आउनेछ, यद्यपि विपक्षी पक्षले यसलाई अझ समावेशी र स्पष्ट बनाउन दबाब जारी राखेका छन्।
 

प्रकाशित मिति : २४ माघ २०८२, शनिबार  २ : ०० बजे

क्यान्सर उपचारमा कुनै कमी हुन दिइँदैन : स्वास्थ्यमन्त्री गौतम

काठमाडौं– स्वास्थ्यमन्त्री डा. सुधा शर्मा गौतमले क्यान्सर रोगको उपचारमा सरकारले

सर्वसाधारणमाथि आक्रमण र दुर्व्यवहारले गाजाको मानवीय अवस्था गम्भीर संकटमा

गाजा– गाजाको राफाह सीमा नाका हुँदै फर्किरहेका प्यालेस्टिनीहरूमाथि दुर्व्यवहार भएको

झापा–४ मा पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै

सुरुङ्गा– हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने कन्काई

सर्वोच्चको आदेश कार्यान्वयन माग्दै विगेसोको माइतिघरमा प्रदर्शन

काठमाडौं – ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (विगेसो) ले सर्वोच्च

अमेरिका–भारत अन्तरिम व्यापार सम्झौताको घोषणा

एजेन्सी– संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतका प्रधानमन्त्री