सर्वोच्चको आदेश कार्यान्वयन माग्दै विगेसोको माइतिघरमा प्रदर्शन « Khabarhub

सर्वोच्चको आदेश कार्यान्वयन माग्दै विगेसोको माइतिघरमा प्रदर्शन


२४ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (विगेसो) ले सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयनको माग गर्दै शनिबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेको छ।

संगठनले सर्वोच्च अदालतले जारी गरेको आदेश सरकारद्वारा तीन वर्षसम्म पनि कार्यान्वयन नभएको भन्दै विरोध प्रदर्शन गरेको हो। सर्वोच्च अदालतले नेपाली नागरिकलाई अन्य देशको सेनामा भर्ती गर्न रोक्ने सम्बन्धमा दिएको सकारात्मक फैसलालाई सरकारले बेवास्ता गरेको आरोप संगठनको छ।

विगेसोका अध्यक्ष पदमसुन्दर लिम्बुले २०७९ माघ २४ गते सरकारका नाममा जारी निर्देशनात्मक आदेशलाई संगठनले सकारात्मक रूपमा लिएको उल्लेख गर्दै उक्त आदेश तत्काल कार्यान्वयन गराउन दबाब दिन प्रदर्शन गरिएको बताए।

प्रदर्शनमा सहभागीहरूले ‘संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रहरू मानवअधिकारप्रति जिम्मेवार बन’, ‘सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर’, ‘गोर्खाको पहिचान बेचेर खान पाइँदैन’ लगायतका नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए।

संगठनले सरकारलाई अदालतको आदेशको सम्मान गर्दै तत्काल आवश्यक कदम चाल्न आग्रह गरेको छ।

प्रकाशित मिति : २४ माघ २०८२, शनिबार  ३ : ३४ बजे

पछिल्ला २४ घन्टामा कहाँ कति पर्‍यो पानी ?

काठमाडौं – तराई क्षेत्रमा तातो बढिरहेका बेला आज देशका विभिन्न

सुकुमवासीसँग पोखरा महानगरले माग्यो विवरण

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा बनेका संरचना

चौतारीमा हेमन्त कान्छासँग छमछम नाच्दै रचना रिमाल

काठमाडौँ । गायक तथा सारंगीवादक हेमन्तकान्छा रसाइलीले लोक लयमा आधारित

स्वास्थ्यमन्त्री मेहता र भारतीय समकक्षी नड्डाबीच भेटवार्ता

काठमाडौं – स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका

चीन–युरोप अन्तरिक्ष सहकार्यमा ऐतिहासिक सफलता, ‘स्माइल’ उपग्रह प्रक्षेपण

फ्रेन्च गिआना – चिनियाँ विज्ञान प्रतिष्ठान र युरोपेली अन्तरिक्ष एजेन्सी