जम्मु कश्मीरलाई १ हजार करोडभन्दा धेरै रेल बजेट « Khabarhub

जम्मु कश्मीरलाई १ हजार करोडभन्दा धेरै रेल बजेट


२१ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको केन्द्र सरकारले जम्मु कश्मीरका लागि १ हजार करोड भारतीय रुपैयाँभन्दा धेरै रेल बजेट छुट्याएको छ । युनियन रेलमन्त्री आश्विनी वैष्णवले जम्मु कश्मीरका लागि १ हजार ८६ करोड भारु रेल बजेट छुट्याइएको घोषणा गरेका हुन् ।

उनले यस युनियन टेरिटोरीका दुर्गम क्षेत्रमा रेल सञ्जाल विस्तार र सुदृढीकरणका लागि थप पहल भइरहेको पनि जानकारी दिए । ‘युनियन रेल मन्त्रालयले जम्मु कश्मीरका लागि १ हजार ८६ करोड, हिमाञच प्रदेशका लागि २ हजार ९ सय ११ करोड र पञ्जाबका लागि ५ हजार ६ सय ७३ करोड रुपैयाँ रेल बजेट छुट्याएको छ ।’ वैष्णवले भने ।

उनले जम्मु कश्मीरमा यातायत सुविधा सुनिश्चित गर्न वन्दे भारत रेलले महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि जनाए । खासगरी हिँउद महिनाामा सडकमार्ग अवरुद्ध हुने भएकाले रेलमार्गको महत्व अझै धेरै रहेको उनको भनाइ छ ।

उनले वन्दे भारत रेलमा स्थानीय परिकार पनि चाख्न पाइने भएकाले यसबाट क्षेत्रीय पहिचानको संवद्र्धनमा पनि सहयोग पुग्ने बताए । उनले बरमुल्लादेखि उरीसम्म रेल पूर्वाधारको तयारी भइरहेको र यसको स्वीकृति बाँकी रहेको पनि उल्लेख गरे ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ४ : ०६ बजे

‘गगनलाई मान्यता दिने निर्णयविरुद्ध निस्सा पाएका छौँ, कांग्रेसको रुख र चारतारे झण्डा हाम्रै हुन्छ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन र त्यसबाट

ग्यास खोज्दै सिलिन्डर बोकेर सिंहदरबार घेर्न पुगे विद्यार्थी (तस्बिरहरू)

काठमाडौं– एक महिनादेखि जारी खाना पकाउने ग्यास अभावले सर्वसाधारणको दैनिकी

भक्तपुरमा पञ्चदान पर्वको रौनक (तस्बिरहरू)

भक्तपुर– बौद्ध धर्मावलम्बी नेवार समुदायको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व पञ्चदान

राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस

 काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारलाई राष्ट्रपति पौडेलको सुझाव : बाढीपीडित व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाऊँ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा