पाकिस्तानमा अफगान पत्रकारमाथि धरपकड तीव्र, दुई सातामा पाँच जना समातिए « Khabarhub

पाकिस्तानमा अफगान पत्रकारमाथि धरपकड तीव्र, दुई सातामा पाँच जना समातिए


२२ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानमा अफगान पत्रकारमाथि धरपकड तीव्र भएको छ । पछिल्लो समय पाकिस्तानी सुरक्षा बलले पाँच जना अफगान पत्रकारलाई पक्राउ गरेको छ ।

पछिल्लो दुई सातामा पाँच जना अफगान पत्रकार पक्राउ परेको अफगानिस्तान मिडिया सपोर्ट अर्गनाइजेसनले जनाएको छ । उक्त संस्थाले पक्राउ पर्नेमा समिम फोरोग फइजी र अताउल्लाह सिरजद पनि रहेको जनाएको छ ।

अन्यको पहिचान भने सुरक्षा कारण देखाउँदै सार्वजनिक गरिएको छैन । उक्त संस्थाले पक्राउ परेकामध्ये केही पत्रकार रिहा भएको जनाएको छ ।

यद्यपि यस्ता धरपकडले अफगान पत्रकारमाझ असुरक्षा बढाएको जनाइएको छ । अफगानिस्तानमा सत्ता परिवर्तन भएयता ठूलो सङ्ख्यामा अफगान पत्रकार देश छाडेर पाकिस्तान पुगेका छन् ।

पाकिस्तान पुगेका कतिपय पत्रकारको भिसाको म्याद पनि थप्न समस्या भइरहेको उक्त संस्थाले उल्लेख गरेको छ । उक्त संस्थाले मानव अधिकारवादी संगठन तथा अन्तर्राष्ट्रिय समुदायलाई पाकिस्तानमा रहेका अफगान पत्रकारको पक्षमा आवाज उठाउन पनि आह्वान गरेको छ ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार  ४ : ३१ बजे

क्यानाडाली वस्तुमा ट्रम्पको थप शुल्क, व्यापार विवाद चर्किँदै

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँगको व्यापार विवाद थप चर्काउँदै

रसुवा बाढीको आर्थिक प्रभाव अध्ययन गर्न उपसमिति गठन

काठमाडौं- प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले रसुवामा आएको बाढीले अर्थतन्त्रमा पारेको प्रभाव र

प्रधानमन्त्री बालेनले तीनै सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै, प्रधानसेनापतिलाई भेटे 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले देशका तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय

झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान

काठमाडौं – जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमणका कारण बिरामी हुने र मृत्यु हुने क्रम बढेपछि

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

बनेपा– काभ्रेका बाढीपीडितको समस्या सरकारी प्रक्रियाकै अल्झनमा बेरिएपछि उनीहरु बाढीपहिरोले