पाकिस्तानको बलोचिस्तानमा सुरक्षाकर्मीद्वारा चार जना बेपत्ता « Khabarhub

पाकिस्तानको बलोचिस्तानमा सुरक्षाकर्मीद्वारा चार जना बेपत्ता


२३ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानको बलोचिस्तान प्रान्तमा थप चार जनालाई बेपत्ता पारिएको छ । बलोचिस्तानको ग्वदर र खरान जिल्लाबाट चार जनालाई बेपत्ता पारिएको हो ।

बलोचिस्तानको जिवानीस्थित रोबर क्षेत्रका स्थानीयहरुले रातको समयमा पाकिस्तानी सुरक्षाकर्मी आएर आफूहरुलाई दुःख दिने गरेको आरोप लगाएका छन् । सुरक्षाकर्मीहरु आएर स्थानीयलाई कुटपिट गर्ने, बहुमूल्य सामान लैजाने र परिवारलाई विस्थापित पार्ने गरेको उनीहरुको आरोप छ ।

स्थानीयका अनुसार यस्तै घटनामा गत जनवरी ६ मा एकै परिवारका दुई जनालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए । एकै परिवारका दुई दाजुभाइ आशिफ र पिरी ईसालाई नियन्त्रणमा लिइएपनि उनीहरुको अवस्था अज्ञात छ ।

सोही क्षेत्रका अर्का स्थानीय शाह बख्शलाई पनि नियन्त्रणमा लिइएको थियो । उनीहरुलाई किन नियन्त्रणमा लिइएको हो र उनीहरुको अवस्था के छ भन्ने अझै प्रष्ट नरहेको बलोचिस्तान पोस्टले उल्लेख गरेको छ ।

उता, बलोचिस्तानको खरान जिल्लाबाट इस्माइल मलिक नाम गरेका शिक्षकलाई पनि बेपत्ता पारिएको छ । आफू सवार गाडीसहित उनलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर अज्ञात स्थान लगेकोे पोस्टले उल्लेख गरेको छ ।

बलोचिस्तानमा सुरक्षाकर्मीले मानव अधिकार अभियन्ता र आम सर्वसाधारणलाई नियन्त्रणमा लिएर बेपत्ता पार्ने क्रम अझै रोकिएको छैन । यसैगरी सुरक्षाकर्मीले बेपत्ता पारेका तुर्बत क्षेत्रका रेहमदिल बख्शका परिवारले आन्दोलन थालेको छ ।

उनको परिवार, आफन्त र स्थानीयहरुले तुर्बतको तहजबान–कार्की क्षेत्रमा प्रदर्शन गर्दै सिपेक राजमार्ग ठप्प पारेका छन् ।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  ६ : ४१ बजे

अब किम्रुङखोलाको जोखिम छैन : वडाध्यक्ष गुरुङ

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको

‘आगोले संरचना जलाए पनि इतिहास र विरासत ढाल्न सक्दैन’ : वसन्त चौधरी

काठमाडौँ – प्रसिद्ध उद्योगी एवं साहित्यकार वसन्त चौधरीले गत वर्ष

भदाै २४ ऐतिहासिक धरोहरमाथि भएको विध्वंश लोकतान्त्रिक इतिहासकै कालो दिन : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सुख्खा पहिराले कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौँ – कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपास्थित जिल्ला आयुर्वेद चिकित्सालयले बालबालिकालाई स्वर्णविन्दु प्राशन