फेरि बढ्यो सुनको मूल्य : तोलाको तीन लाख पाँच सय पुग्यो « Khabarhub

फेरि बढ्यो सुनको मूल्य : तोलाको तीन लाख पाँच सय पुग्यो


२५ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । शुक्रबारको तुलनामा दुवै धातुको मूल्य बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य पाँच हजार १० कायम भएको छ ।

शुक्रबार एक तोला छापावाल सुन दुई लाख ९१ हजार र त्यति नै परिमाणको चाँदी चार हजार ७१० मा कारोबार भएको थियोभने बिहीबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ९५ हजार २०० र त्यति नै तौलको चाँदी रु चार हजार ९८० मा खरिदबिक्री भएको थियो ।

यसैगरी, गत बुधबार एक तोला छापावाल सुनको मूल्य तीन लाख चार हजार ७०० र त्यति नै परिमाणको चाँदीको मूल्य पाँच हजार ६०० कायम भएको थियो भने मङ्गलबार एक तोला छापावाल सुन दुई लाख ९० हजार ३०० र चाँदी रु पाँच हजार ३३५ मा किनबेच भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ४६७ र त्यति नै परिमाणको सेतो धातु ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  ११ : १७ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र