सप्तरीमा लोपोन्मुख प्रजातिको अजिङ्गर फेला « Khabarhub

सप्तरीमा लोपोन्मुख प्रजातिको अजिङ्गर फेला


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरी जिल्लामा लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको छ । हनुमाननगर कंकालिनी नगरपालिका–१२ कोशी बाँधमा गए राति १५ किलोको अजिङ्गर फेला परेको हो ।

प्रहरी नायब उपरीक्षक तिलक भारतीका अनुसार स्थानीयवासीले कोशी बाँधमा अजिङ्गर देखेपछि नजिकैको इलाका प्रहरी कार्यालय हनुमाननगरलाई खबर गरेका थिए ।

प्रहरीले अजिङ्गर नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय हनुमाननगरमा राखेका छन् । यसअघि शनिबार तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीमा करीब सात फिट लामो र १२ किलो तौल भएको अजिङ्गर फेला परेको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  ८ : ४३ बजे

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर