सांस्कृतिक अध्ययन सङ्घद्वारा विचार गोष्ठी र पुस्तक विमोचन « Khabarhub

सांस्कृतिक अध्ययन सङ्घद्वारा विचार गोष्ठी र पुस्तक विमोचन


२६ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय सामाजिक सांस्कृतिक अध्ययन सङ्घ, नेपालको आयोजनामा सामाजिक सांस्कृतिक अन्तरक्रियामूलक गोष्ठी एवं कृति लोकार्पण कार्यक्रम गरेको छ ।

अध्ययन सङ्घ नेपालका अध्यक्ष डा. रमेश शुभेच्छुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि राजनीतिक चिन्तक, लेखक एवं नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वमन्त्री रघुजी पन्त थिए । कार्यक्रमको आरम्भमा उद्देश्यमाथि प्रकाश पार्दै आरसी न्यौपानेले अतिथिहरूलाई स्वागत गरेका थिए ।

कार्यक्रममा ‘नेपाली समाजमा समन्वयवाद’ विषयक कार्यपत्र प्रा. दिनेशराज पन्तले र ‘लोकप्रियतावाद र आगामी निर्वाचन’ विषयक कार्यपत्र प्रा. डा. रमेशप्रसाद भट्टराईले प्रस्तुत गरे ।

पन्तले नेपाली समाज धार्मिक, सांस्कृतिक र राजनीतिक सबै कोणबाट समन्वयवादी रहेको चर्चा गरे ।

त्यस्तै, भट्टराईले लोकप्रियतावादले समाजलाई हल्लाको जालोमा पार्ने हुनाले यसबाट बचेर समाजलाई वस्तुस्थितिमा विकास हुन दिनुपर्ने विचार राखे ।

सोही अवसरमा प्रयाग खड्काद्वारा लिखित, पूर्वमन्त्री तथा नेकपा (एमाले) का नेता भीमबहादुर कडायतको जीवनी, व्यक्तित्व र राजनीतिक योगदान समेटिएको कृति ‘भीमबहादुर कडायतः राजनीतिक जीवन र अनुभूति’ लोकार्पण भएको हो ।

लेखक खड्काले सुदूरपश्चिम क्षेत्रमा कडायतको राजनीतिक योगदान अभिप्रेरक रहेकाले यो कृति लेखेको जानकारी दिए। कृतिनायक कडायतले आफ्ना जीवन अनुभव र समसामयिक राजनीतिका विषयमा मन्तव्य राखे ।

पन्त र भट्टराईका कार्यपत्र एवं लोकार्पित कृतिमाथि टिप्पणी गर्दै प्रा. जगत् उपाध्याय ‘प्रेक्षित’ ले यस्ता कार्यक्रमले प्रेरणा दिने र विचार माझ्न सघाउने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रघुजी पन्तले यस्ता अन्तरक्रियाले समाज निर्माणको खाका कोर्ने उल्लेख गरे । उनले भीमबहादुर कडायतको राजनीतिक यात्रा, सुदूरपश्चिमको राजनीतिक विकास र आगामी निर्वाचनका विषयमा समेत चर्चा गरे ।

सभाध्यक्ष डा. शुभेच्छुले हल्लाले मात्र व्यक्तित्व, समाज र देशको विकास नहुने बताउँदै वैचारिक निखार एवं सबल राजनीतिक चिन्तनका लागि कार्यक्रम आयोजना गरिएको जानकारी दिए। उनले कडायतको राजनीतिक आदर्श नयाँ पुस्ताका लागि उपयोगी हुने बताउँदै प्रमुख अतिथिलगायत सहभागी सबैलाई धन्यवाद दिए ।

कार्यक्रममा प्रा. डा. हेमनाथ पौडेल, प्रा. डा. ध्रुवकुमार घिमिरे, प्रेमनाथ अधिकारी, माधव प्रधान, नारायण परिश्रमी, शिवकुमार जैसी, नमूना शर्मा, होमराज श्रेष्ठ, अशोक प्यासी राई, अमृत खाती, आकाश थापा, नर्मदेश्वरी सत्याल, होमराज सुवेदी, कृष्णजीत राईलगायत बुद्धिजीवी, साहित्यकार र राजनीतिकर्मीको उपस्थिति थियो ।

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  ५ : ५१ बजे

अर्थ मन्त्रालयको वेबसाइटबाट हरायो आर्थिक विधेयक

काठमाडौं- आर्थिक विधेयक २०८३ अर्थ मन्त्रालयको वेबसाइटबाट हराएको छ ।

भक्तपुर जिल्लाव्यापी बुद्धिचाल प्रतियोगिता सुरु

भक्तपुर- भक्तपुर जिल्लाव्यापी सूर्यविनायक बुद्धिचाल (चेस) प्रतियोगिता आजदेखि सूर्यविनायकमा सुरु

बीस स्रष्टासँगको अन्तर्वार्तामा आधारित ‘प्राज्ञिक संलाप’ पुस्तकमाथि परिचर्चा

काठमाडौं- नेपाली साहित्यका विभिन्न विधामा स्थापित २० जना स्रष्टासँग गरिएको

अमेरिकी र क्युबाली सैन्य अधिकारीबीच छलफल

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले क्युबासम्बन्धी आफ्नो नीति अघि

अमेरिका–इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अवधि थप गर्ने