देउसीभैलोबाट २८ लाख सङ्कलन « Khabarhub

देउसीभैलोबाट २८ लाख सङ्कलन


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख, तल्लो शिख, फलाटे, स्वाँत र किन्दुबाट पोखरामा बसोबास गर्दै आएका व्यक्तिको साझा संस्था ‘शिख्तानी पुन समाज पोखरा’ले देउसीभैलो खेलेर २८ लाख सङ्कलन गरेको छ । उक्त रकम गाउँको विकासका लागि खर्च गरिने सो संस्थाले जनाएको छ ।

आफू जन्मिएको गाउँमा विद्यालय, मठमन्दिर, बाटो र चौतारो निर्माणका लागि पोखरामा देउसीभैलो खेलेर सङ्कलन भएको शिख्तानी पुन समाज पोखराका अध्यक्ष बलबहादुर तिलिजा पुनले जानकारी दिए ।

अध्यक्ष पुनकाअनुसार पोखरामा देउसीभैलो खेलेर सङ्कलन भएको रकमले म्याग्दीको शिखगाउँमा गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्य छ ।

युवालाई स्वरोजगार बनाउन विभिन्न किसिमका रोजगारमूलक कामका लागि अत्यन्तै न्यून र सरल ब्याजमा कर्जा लगानी गर्नेसमेत उद्देश्य रहेको पुनको भनाइ छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  ११ : ०० बजे

ढोरपाटनमा भारी हिमपात

बागलुङ– नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनसहित बागलुङको उच्च पहाडी क्षेत्रमा

सन्तान नजन्माएको भन्दै शिक्षकले नै श्रीमतीलाई बारम्बार यातना दिएपछि…

काठमाडौं- बिहे गरेको पाँच वर्षसम्म पनि सन्तान नभएको भन्दै परिवारले

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति

देशका अधिकांश क्षेत्रमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ–जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा

बालेन सरकारले दलीय ट्रेड युनियन खारेज गरे कसो गर्लान् शिक्षक-कर्मचारी ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वाचापत्रअनुसार केही दिनमा बन्ने बालेन्द्र