झापामा ओलीले भने : ग्यास उत्खनन भइसकेको छ, पाइपबाट घरघरमा पठाउने दिन आउँदैछ « Khabarhub

झापामा ओलीले भने : ग्यास उत्खनन भइसकेको छ, पाइपबाट घरघरमा पठाउने दिन आउँदैछ


२६ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपराधिक तत्वहरूले आफूमाथि विभिन्न आरोप लगाउने गरेको बताएका छन् ।

सोमबार झापाको गौरीगञ्जमा स्थानीय मतदातासँग छलफलका क्रममा अध्यक्ष ओलीले भदौ २३ र २४ गते जेन-जीहरूको आन्दोलनमा आपराधिक तत्व घुसेर विध्वंस मच्चाएको बताए ।

तिनै आपराधिक तत्वहरूले उल्टै आफूमाथि गोली चलाएर मान्छे मारेको आरोप लगाउने गरेको पनि उनले बताए।

तत्कालीन प्रधानमन्त्रीको हैसियतमा आफूले कसैलाई गोली चलाउन आदेश नदिएको दोहोर्‍याउँदै अध्यक्ष ओलीले संसद् भवन, सिंहदरबार जलाउने कोसिस गरेर प्रहरीलाई गोली चलाउने वातावरण आपराधिक तत्वले नै बनाएको धारणा राखे।

आफूले राजीनामा दिएपछि भदौ २४ गत मात्रै ५४ जनाको मृत्यु भएको उनले उल्लेख गरे। ओलीले मुलुकको विकासका लागि एमालेले सबैभन्दा धेरै काम गरेको दाबी पनि गरेका छन् ।

गोबर र गुइँठा बाल्नुपर्ने अवस्थाबाट विकास गरेर बिजुली बाल्ने अवस्थामा पुग्नुपर्छ भन्दा केहीले तोडमोड गरेको भन्दै उनले त्यसमा आपत्ति जनाएका छन् ।

उनले नेपालमा ग्यास उत्खनन् भइसकेको भन्दै अब त्यसलाई सदुपयोग गरेर घर–घरमा पाइपबाट वितरण गर्नुपर्ने बताए ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं. ५ का उम्मेदवार रहेका ओली पछिल्लो समय झापामा स्थानीयसँगको छलफललाई तीव्र पारेका छन् ।

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  ३ : ०८ बजे

सीमा विवादबारे परराष्ट्रमन्त्रीको भूमिकामा प्रश्न उठाइन् खुश्वुले

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्वु ओलीले भारतसँगको सीमा

पूर्व बालसैनिकसम्बन्धी रिटमा सर्वोच्चको परमादेश, लेनिनले भने : एउटा लडाइँ जित्यौँ

काठमाडौं- सर्वोच्च अदालतको पूर्ण इजलासले पूर्व बालसैनिकसम्बन्धी रिट निवेदनमा परमादेश

पोखराको रास्वपा अधिवेशनस्थल घेरे जेन-जीका आफन्तले (तस्बिरहरू)

पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गण्डकी प्रदेश अधिवेशन पोखरा

फिफा विश्‍वकपको एक खेल प्रत्यक्ष हेर्न खर्चिनु पर्छ काठमाडौंमा एउटा घर आउने रकम

काठमाडौं- फिफाले विश्वकप २०२६ केवल फुटबलको महाकुम्भ मात्र नभई इतिहासकै

परराष्ट्रमन्त्री खनाल आइतबार तीन दिने चीन भ्रमणमा जाने

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर आइतबार तीन दिने औपचारिक भ्रमणका लागि उत्तरी