युवा संघ र नेविसंघका दुई नेता बलात्कार आरोपमा पक्राउ « Khabarhub

युवा संघ र नेविसंघका दुई नेता बलात्कार आरोपमा पक्राउ


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– सत्तारुढ दल नेकपा निकटको युवा संघ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकटको विद्यार्थी संगठन नेविसंघका नेताद्वय बलात्कार अभियोगमा पक्राउ परेका छन् ।

युवा संघका केन्द्रीय सदस्य सन्देश शर्मा पोखरेल र नेविसंघका पूर्व केन्द्रीय सदस्य ज्ञानेन्द्र गजुरेल बलात्कार अभियोगमा पक्राउ परेका हुन् ।
उनीहरुलाई कही दिन अघि(कात्तिक ३) मा ललितपुरको पाटनबाट पक्राउ गरिएको प्रहरीले जनाएका छन् ।

गजुरेल कांग्रेस नुवाकोटको जिल्ला कार्यसमित सदस्य समेत हुन् ।

पोखरेल दाङ तुलसीपुर– १८ का बासिन्दा हुन् । तर, युवा संघले भने सन्देश शर्मा पोखरेल नाम गरेको कोही केन्द्रीय स्तरको नेता नभएको दाबी गरेको छ । तर प्रहरीसँग दिएको बयानमा भने पोखरेलले आफू युवा संघको नेता भएको बताएका प्रहरीले जनाएको छ ।

१९ वर्षीय एक युवतीलाई ज्ञानेन्द्र गजुरेलले कात्तिक पहिलो साता कुमारीपाटीस्थित सन्देश शर्मा पोखरेलको कोठामा ल्याएको र उनीहरु दुबै जनाले बलात्कार गरेको उजुरीका आधारमा दुबै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  १ : ४२ बजे

लुका मोड्रिचको २०० औं खेलमा क्रोएसिया विजयी, पानामा विश्वकपबाट बाहिरियो

टोरन्टो – पानामालाई १–० को झिनो अन्तरले पराजित गर्दै पूर्व

खेल सकिएपछि रोनाल्डोले क्यामराअघि चिच्याएर भने “म फर्किएँ !”

काठमाडौँ – आलोचना र दबाबका बीच क्रिस्टियानो रोनाल्डोले सानदार पुनरागमन

मनसुनी वायु फैलिँदै, केही भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकप फाइनलमा अमेरिकी राष्ट्रपति ट्रम्प मुख्य आकर्षण बन्ने

न्यू जर्सी – विश्वकप फुटबलको फाइनल खेलको ट्रफी हस्तान्तरण समारोहमा

घानाविरुद्ध गोल गर्न चुक्यो इङ्ल्याण्ड : खेल बराबरीमा सकियो

काठमाडौँ – फिफा विश्वकप प्रतियोगिताअन्तर्गत भएको खेलमा इङ्ल्याण्ड र घानाले