साम्तेनको ‘चच हुई’ मा आर्यन र मिरुना « Khabarhub

साम्तेनको ‘चच हुई’ मा आर्यन र मिरुना


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साम्तेन भुटियाले अभिनेता आर्यन सिग्देललाई मुख्य भूमिकामा लिएर फिल्म ‘चच हुई’ निर्देशन गर्ने भएका छन् । यो फिल्म कमेडी शैलीमा निर्माण हुने बताइएको छ ।

‘तान्द्रो’, ‘सुस्केरा’, ‘साढे सात’ जस्ता फिल्म निर्देशन गरेका साम्तेनका फिल्म समीक्षात्मक रुपमा राम्रो प्रतिक्रिया पाए पनि व्यावसायिक रुपमा भने असफल रहे । यद्यपि फिल्म ‘सुस्केरा’ भने अझै रिलिज भएको छैन ।

छायांकन शुरु भइसकेको फिल्म ‘चच हुई’ मा आर्यनले भने केही समयपछि समय दिने बताइएको छ । आर्यन केही दिनअघि मात्र ‘हजार जुनीसम्म’ को छायांकन सकेर दार्जिलिङबाट काठमाडौं फर्केका छन् ।

यो फिल्ममा अमृत घलेले निर्माण गर्ने भएका छन् । यस्तै फिल्ममा राजनराज शिवाकोटी र रोशन थापाको संगीत रहनेछ । फिल्ममा मिरुना मगर र आर्यनलाई एकसाथ देखिनेछ भने भोलाराज सापकोटाको पनि मुख्य अभिनय रहनेछ ।

यो फिल्म मुस्ताङ जिल्ला तथा अन्य स्थानमा समेत छायांकन हुनेछ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ३ : ०० बजे

स्थानीय तहका समस्या समाधानमा संघ–प्रदेश समन्वय आवश्यक : मन्त्री रावल

काठमाडौं – स्थानीय तहमा देखिएका प्रशासनिक तथा व्यवस्थापकीय समस्या समाधानका

इरानद्वारा अमेरिकासँग तत्काल प्रत्यक्ष वार्ता अस्वीकार, सम्झौता कार्यान्वयनका लागि विशेषज्ञ टोली दोहा पठाइने

तेहरान-  इरानले अमेरिकासँग निकट भविष्यमा कुनै पनि स्तरमा प्रत्यक्ष वार्ता नहुने

मध्यपूर्व युद्धविरामपछि श्रीलङ्कामा इन्धनको मूल्य घट्यो

कोलम्बो– मध्यपूर्वमा तनाव कम हुँदै युद्धविरामको वातावरण बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा

विद्युत् सेवा नियमित गर्न जेन-जी युवाको माग

उदयपुर– जेन-जी युवा समूहले उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा विद्युत् सेवालाई 

कोशी प्रदेशसभा बैठकको समय परिवर्तन

विराटनगर– कोशी प्रदेशसभाको आज दिउँसो १ बजे बस्ने भनिएको बैठकको समय