विराज भट्टको फिल्म ‘साङ्लो’ को किन छैन चर्चा? « Khabarhub

विराज भट्टको फिल्म ‘साङ्लो’ को किन छैन चर्चा?


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता विराज भट्ट गत दुई वर्षदेखि फिल्म ‘साङ्लो’ को निर्माणमा जुटेका छन् । कुनै जमानामा एकपछि अर्को गर्दै नेपाली फिल्म दिएका भट्टले पछिल्लो समय हिट फिल्म दिन सकेका छैनन् । त्यसैले उनले यो फिल्म थप स्तरीय बनाउने प्रयास पनि गरेका छन् ।

कतिपय फिल्मकर्मी भन्छन्, ‘विराज भट्टले फिल्म क्षेत्रमा नै निरन्तरता दिएको भए उनी अहिले पनि चर्चामै रहन्थे, चल्दाचल्दै यो क्षेत्र छोडे ।’

भट्टले नेपाली फिल्म क्षेत्रमा जमिरहेका बेला भोजपुरी चलचित्र खेल्न थालेका थिए । भोजपुरी सिने जगतमा पनि भट्टको स्टारडम देखियो । नेपाली चलचित्र उद्योगमा पनि एक ताका विराज भट्ट भनेपछि एक्सन फिल्म भन्ने बुझिन्थ्यो ।

तर, केही वर्षयता भने विराजको राज सकिएको छ । फिल्म क्षेत्रमा नयाँ टेस्टका फिल्म चल्न थालेका छन् । भोजपुरी फिल्म जगतमा पनि आफ्नो स्टारडम खस्किँदै गएका बेला भट्ट फिल्म निर्माणमा जुटेका हुन् ।

फिल्ममा पूर्वमिस नेपाल निकिता चण्डकको पनि अभिनय रहनेछ । स्वयम् विराजले पनि शीर्ष भूमिकामा अभिनय गर्नेछन् । पहिले यो फिल्म तिहार लगत्तै रिलिज गरिने भनिए पनि अहिले भने रिलिजको चर्चा छैन । न त दर्शकको ध्यान तान्ने खालका प्रचारात्मक साम्रगी नै फिल्म युनिटले रिलिज गरेको छ ।

विराज आफैले पनि ड्रिम प्रोजेक्ट भनेको फिल्मको चर्चा हुनुपर्ने हो तर अहिले चर्चा नै छैन । न फिल्म विराजका कारण चर्चामा छ, न त निकिताका कारण चर्चामा छ । फिल्म बनाएर मात्र पनि त भएन, आफ्नो कन्टेन्ट दर्शकसम्म पु¥याउन विराजले आखिर किन खासै मतलब नगरेका हुन्?

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  ५ : ०६ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने