अजय चौधरीको मृत्यु प्रकरण: अनुसन्धानका लागि चार जना पक्राउ | Khabarhub Khabarhub

अजय चौधरीको मृत्यु प्रकरण: अनुसन्धानका लागि चार जना पक्राउ


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका–४ भाँसीका २२ वर्षीय अजय चौधरीको मृत्यु प्रकरणबारे प्रहरीले अनुसन्धानको प्रक्रिया अगाडि बढाएको छ ।

गत सोमबार साँझ महेन्द्रनगर बजारको भानुक चोकनजिकै रहेको पुष्पाञ्जलि गेष्ट हाउसको पाँचौँ तलाबाट खसेर चौधरीको मृत्यु भएको थियो ।

अनुसन्धानका लागि चौधरीसँगै गेष्ट हाउसमा रहेका विनोद खत्री, रमेश भट्ट, गेष्ट हाउसका सञ्चालकसहित एक जना युवतीलाई नियन्त्रणमा लिई सोधपुछको कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए ।

मृतकको शव परीक्षणको प्रतिवेदन अझै आएको छैन उनले भने, “शव परीक्षणको प्रतिवेदनका आधारमा कार्वाही प्रक्रिया अगाडि बढाइनेछ ।”

चौधरीको गेष्टहाउसको छतबाट खसेर मृत्यु भएको हो वा हत्या भएको भन्नेबारे अनुसन्धानपछि जानकारी हुने उनले बताए । सोमबार राति नौ बजे घरमा रहेका चौधरीलाई गेष्टहाउसबाट फोन आएपछि छिट्टै घर फर्कने भन्दै गएका थिए । त्यसको दुई घण्टापछि मृत्युको खबर आयो चौधरीका परिवारजनले भने ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  ७ : ५५ बजे

लमजुङको गुरुङ बस्तीमा घाटु रौनक

लमजुङ– लोपोन्मुख घाटु नाचलाई गुरुङ संस्कृतिको धरोहरका रूपमा लिने गरिन्छ

मुलुक समृद्ध बन्न राजनीतिक स्थायित्व जरुरी छ : सञ्चारमन्त्री गुरुङ

लमजुङ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुक समृद्ध

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी– गण्डकी प्रदेशसभाको अधिवेशन यही जेठ ११ गतेदेखि सुरु हुने

अपडेट : इजरायली हमलाबाट गाजामा १०३ जनाको मृत्यु

गाजा पट्टी- इजरायली आक्रमणमा गाजा पट्टीभरि शनिबार रातभर र आइतबारसम्म

‘स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ प्रतिनिधिसभाबाट पारित

काठमाडौं–  प्रतिनिधिसभाबाट ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१’