शोक प्रस्ताव पारित गरेर संसद वैठक स्थगित « Khabarhub

शोक प्रस्ताव पारित गरेर संसद वैठक स्थगित


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको शुक्रवारको वैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र प्रसाद अधिकारीको निधनप्रति शोक प्रस्ताव पारित गर्दै शुक्रवारको वैठक स्थगित भएको हो ।

शुक्रवार दिउँसो ३ बजे शुरु भएको वैठकमा सभामु कृष्ण बहादुर महराले शोक प्रस्ताव पेश गरेका थिए ।

शोक प्रस्ताव पारित भएपछि संसद वैठकमा उपस्थित सबै सांसदले दिवंगत अधिकारीको चिर शान्तीको कामना गर्दै एक मिनेट उठेर मौन धारण गरेका थिए ।

यससँगै सभामुख महराले अर्को वैठक फागुन १८ गते शनिवार दिनको १ बजे बस्ने गरी शुक्रबारको वैठक स्थगित भएको जनाए ।

यसअघि बिहीवार बस्ने भनिएको वैठक मन्त्री अधिकारीसहित ७ जनाको निधन हुने गरी भएको हेलिकोप्टर दुर्घटनाका कारण शुक्रवार बस्ने गरी सूचना टाँस गरी स्थगित गरिएको थियो ।

अधिकारी २०६४ र २०७० सालको संविधानसभा र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कास्की क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ३ : १५ बजे

कहाँ चुक्यो कर्णाली याक्स ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन १ मा चौथो

तिला जलविद्युतको बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला – जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं – हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र

विश्वकप ड्र : कुन देश कुन समूहमा परे ?

वासिङ्टन – २०२६ को फिफा विश्वकपको समूह चरणको ड्र सार्वजनिक

एनपीएलमा आज दुई खेल : सन्दीप र दीपेन्द्रसँगै दुई कुशलको भिडन्त

काठमाडौं – राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)