सन् २०२६ को मोन्टेगट ग्लोबल स्लोकलर अवार्डका लागि डा. विकास गौचन छनोट  « Khabarhub

सन् २०२६ को मोन्टेगट ग्लोबल स्लोकलर अवार्डका लागि डा. विकास गौचन छनोट 


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा. विकास गौचन दक्षिण एसियाबाट सन् २०२६ को मोन्टेगट ग्लोबल स्लोकलर अवार्डका लागि छनौट भएका छन् । 

प्रतिष्ठानमा जनरल प्राक्टिस तथा इमरजेन्सी मेडिसिन विभागमा प्राध्यापकको रुपमा कार्यरत डा. गौचनले उक्त अवाडसँगै ३५ सय अमेरिकन डलर ग्रान्टको पुरस्कार राशी प्राप्त गर्ने भएका छन् । 

डा. गौचनले स्वास्थ्य क्षेत्रको प्रणाली सुधारको लागि प्राथमिक उपचारमा सरकारले नै नीति निर्माणमा ध्यान दिएर स्वास्थ्य बीमा बलियो र सबैको पहुँचमा विस्तार गर्न एमडीजीपी विशेषज्ञ चिकित्सकहरूको स्थायी दरबन्दी वृद्धि गर्नुपर्नेमा जोड दिए । 

प्राथमिक र इमरजेन्सी चिकित्सा प्रणाली सुधार गरेर स्वास्थ्यमा व्यक्तिगत खर्चको भरमा कमी ल्याउनु नै अहिलेको स्वास्थ्यको प्राथमिकता हुनुपर्ने उनले बताए ।

विश्वभरीका एमडीजीपी चिकित्सकहरूको संस्था विश्व पारिवारिक चिकित्सक संगठन (वन्का) को दक्षिण एसियाको कार्यकारिणी समितिको कोषाध्यक्ष, विश्व पारिवारिक चिकित्सक संगठन (वन्का रुरल) दक्षिण एसिया तर्फको सहअध्यक्ष, वन्का लेखा समिति सदस्य र प्राथमिक चिकित्सक तथा आकस्मिक चिकित्सक संघ नेपालका महासचिव समेत हुन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  ३ : २१ बजे

निरन्तर बढ्दै डलरको मूल्य : बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ  – आज २०८३ साल जेठ ६ गते बुधबार। जेठ

आज २०८३ साल जेठ ६ गते बुधबारको राशिफल

काठमाडौँ  – आज २०८३ साल जेठ ६ गते बुधबार। जेठ

पोखरा लिँचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वाेच्च अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न आदेश

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि