प्रचण्डलाई व्यङ्ग्य गर्दै बालेनले भने, ‘स्वीजरल्याडको बाउ बडिमालिका यहीँ छ’ « Khabarhub

प्रचण्डलाई व्यङ्ग्य गर्दै बालेनले भने, ‘स्वीजरल्याडको बाउ बडिमालिका यहीँ छ’


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले बडिमालिका स्वीजरल्याड भन्दा बढी सौन्दर्यताले भरिपूर्ण रहेको बताएका छन् । 

बुधबार धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै  उनले नेपाललाई स्वीजरल्याड बनाउँछु भन्ने प्रचण्डलाई व्यङ्ग्य गर्दै उक्त कुरा भनेका हुन् । 

‘मान्छेले देशलाई स्वीजरल्याड बनाउनुपर्छ भन्छन्, स्वीजरल्याडको बाउ बढीमालिका यहीँ छ किन बनाउनुपर्‍यो स्वीजरल्याड, स्वीजरल्याडको पराकाष्ट रामारोसन यहीँ छ किन बनाउनुपर्‍यो स्वीजरल्याड, खप्तड नेशनल पार्क यहीँ छ किन बनाउनुर्‍यो स्वीजरल्याड?,’ भन्दै उनले प्रश्न समेत गरे । 

नेपालीलाई उनले माल भएर पनि चाल नभएको भने ।  ‘आफ्नै देशमा भएका सुन्दरता देखाउन नसक्नेले स्वीजरल्याड बनाउने भनेर मात्रै हुँदैन, सुदुरपश्चिमलाई जोड्नै सकेको छैन, यहाँ यति धेरै कलाकार हुनुहुँदो रहेछ, जुन दिन उहाँहरूका गीत काठमाडौंको चोकचोकमा गुन्जिन्छ अनि बल्ल जोडिन्छ सुदूरपश्चिम काठमाडौंसंग,’ दाबीका साथ उनले थपे । 

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  ४ : ३६ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको