कांग्रेसको प्रतिज्ञा पत्र : मध्यम वर्गलाई राहत, युवालाई ५० लाखसम्म ऋण « Khabarhub

कांग्रेसको प्रतिज्ञा पत्र : मध्यम वर्गलाई राहत, युवालाई ५० लाखसम्म ऋण


७ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले फागुन २१ गते हुने निर्वाचनका लागि प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ ।

पार्टीले बिहीबार सार्वजनिक गरिएको प्रतिज्ञापत्रमा युवा लक्षित केही राम्रा कार्यक्रम पनि ल्याइएको छ ।

कांग्रेसले युवालाई ५० लाखसम्म ऋण, १० लाखसम्म आयकर छुट, ‘स्टार्टअप’ र एसएमईएसमा जोड दिएको छ।

कांग्रेसको प्रतिज्ञापत्र आर्थिक पुनरूत्थान, उद्यमशीलता प्रवर्द्धन र मध्यम वर्गलाई राहत दिने कार्यक्रमले भरिएको छ।

युवा र महिला उद्यमीलाई परियोजनाको आधारमा ५ देखि ५० लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने घोषणा गरिएको छ ।

यसका साथै, स्टार्टअपलाई अनुदान, सहुलियत ऋण र स्व–लगानीको मिश्रित मोडेलमार्फत अघि बढाउने योजना प्रस्तुत गरिएको छ ।

पार्टीले वार्षिक १० लाख रुपैयाँसम्मको व्यक्तिगत आयमा आयकर नलाग्ने व्यवस्था गर्ने प्रस्ताव गरेको छ । यसलाई मध्यम र न्यून आय भएका वर्गलाई राहत दिने उपायका रूपमा प्रस्तुत गरिएको छ।

साना तथा मझौला उद्योग (एसएमईए) र कृषि ऋणमा निश्चित अवधिसम्म ब्याजदर नबढ्ने ‘स्थिर ब्याजदर’ नीति ल्याउने कांग्रेसले उल्लेख छ ।

यससँगै समस्याग्रस्त उद्यमीका लागि पुनर्तालिकीकरण, जरिवाना मिनाहा र ‘सिल्भर क्रेडिट’ जस्ता व्यवस्थामार्फत पुनरुत्थानको अवसर दिने योजना पनि कांग्रेसको छ।

रोजगार सिर्जनालाई लक्षित गर्दै ‘मिशन रोजगार’ अभियान सञ्चालन गर्ने, कृषि, पर्यटन र उद्योग क्षेत्रमा लघु तथा साना उद्यम प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

सहकारी र लघुवित्त क्षेत्रलाई सामाजिक–आर्थिक रूपान्तरणको साधनका रूपमा उपयोग गर्ने र बचत तथा सहुलियत ऋणलाई सुरक्षित बनाउने नीति पनि समावेश गरिएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहिबार  ५ : ४४ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र