रुफटफ भएका गाडी उम्मेदवारले प्रयोग गर्नै नपाउने « Khabarhub

रुफटफ भएका गाडी उम्मेदवारले प्रयोग गर्नै नपाउने


७ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- केन्द्रीय सुरक्षा समितिले उम्मेदवारले छत खोल्न मिल्ने गाडी (रुफटफ) भएको गाडी प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । आज बिहीबार सिंहदरबारमा बसेको बैठकले रुफटफ भएको गाडी निर्वाचन प्रयोजनका लागि प्रयोगमा प्रतिबन्ध लगाएको हो ।

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठमा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, आईजीपी दान बहादुर कार्की, सशस्त्र प्रहरी बलका आईजी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, सेनाका प्रतिनिधी र सहसचिव आनन्द काफ्ले सहभागी थिए ।

प्रदेश सुरक्षा समिति र जिल्ला सुरक्षा समितिका अधिकारीहरु पनि बैठकमा भर्चुअल माध्यमबाट सहभागी भएका थिए । अहिले देशभर छत खुल्ला भएको गाडीबाट उम्मेदवारहरुले भोट माग्ने प्रचलन बढ्दो छ । सह सचिव काफ्लेले भने, ‘उम्मेदवारलाई सुरक्षा खतरा हुने निष्कर्ष निकाल्दै त्यस्ता भेहिकल प्रयोग गर्न निरुत्साहित गर्ने निर्णय गरिएको हो ।’

बैठकले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनबारे अहिलेसम्मको गतिविधि र तयारीबारे छलफल गरेको छ । तयारी राम्रो रहेको निष्कर्ष निकल्दै तयारीलाई थप सुदृढ बनाउने निर्णय गरिएको छ।

केन्द्रिय सुरक्षा समितिले निर्वाचन अवधिभर जिल्ला सुरक्षा समितकौ बैठक दैनि बस्न निर्देशन दिएको छ ।

अहिलेसम्म रुफटफ भएका गाडी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह र सभापति रवि लामिछानेले सबैभन्दा धेरै प्रयोग गर्दै आइरहेका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहिबार  ९ : १३ बजे

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि