एमाले नेता रामवीर मानन्धर कांग्रेसमा प्रवेश « Khabarhub

एमाले नेता रामवीर मानन्धर कांग्रेसमा प्रवेश


७ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं पूर्वमन्त्री रामवीर मानन्धरसहित चार नेता कांग्रेसमा प्रवेश गरेका छन् ।

कांग्रेसले आज राष्ट्रियसभा गृहमा आयोजना गरेको प्रतिज्ञापत्र प्रश्नउत्तर कार्यक्रममा पूर्वमन्त्री मानन्धरसहित नेकपा (एमाले)रसुवाका पूर्वअध्यक्ष एवं संविधानसभा सदस्य जनार्दन ढकाल, नेपाली कम्युनिष्ट पार्टीका नेता दिपक केसी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रणयशम्शेर राणा कांग्रेसमा प्रवेश गरेका हुन् । उनी हरुलाई कांग्रेस सभापति गगनकुमार थापाले सदस्यता प्रदान गरे ।

कांग्रेस प्रवेश गरेका मान्धर काठमाडौँ क्षेत्र नं ७ का पूर्वसांसद एवं काठमाडौँ महानगरपालिका–१६ का पूर्ववडाध्यक्ष समेत हुन् । पार्टी प्रवेश कार्यक्रममा सभापति थापाले लोकतान्त्रिक मूल्य, सुशासन र उत्तरदायी शासन प्रणाली निर्माणमा कांग्रेस प्रतिबद्ध रहेको उल्लेख गर्दै अनुभवी नेताहरूको सहभागिताले पार्टी थप बलियो हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार  ९ : ३९ बजे

‘संक्रामक पशु रोग नियन्त्रण विधेयकमाथि भएका सुझावले कानुनलाई थप विशिष्ट बनाउँछ’

काठमाडौं– विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३

बाफिया संशोधन गर्दै कारबाही भोगेका व्यक्ति बैंक सञ्चालक बन्न पाउने!

काठमाडौं– सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन गर्दै

कक्षा १ देखि १२ सम्म यौन शिक्षा अनिवार्य गर्न रञ्जु दर्शनाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रन्जु दर्शना न्यौपानेले बालबालिका तथा

हर्मुज जलघाँटी खुलाउनेबारे इरान–ओमानबीच छलफल

तेहरान- हर्मुज जलघाँटी हुँदै जहाजको आवागमन सहज बनाउने विषयमा छलफल गर्न

लहानको सार्वजनिक जग्गामा बनेका घर-टहरामा चल्यो डोजर (तस्बिरहरू)

सिरहा– लहानको नयाँबजारस्थित सार्वजनिक जग्गामा बनाइएका घर–टहरामा डोजर चलेको छ ।