बाँदरको बच्चाले ओराङउटान खेलौनालाई नै आमा मानेपछि… « Khabarhub

बाँदरको बच्चाले ओराङउटान खेलौनालाई नै आमा मानेपछि…


८ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामाजिक सञ्जालमा भाइरल बाँदरको एउटा बच्चाको भिडियोले यतिबेला विश्वभरको ध्यान केन्द्रित गरेको छ ।

जापानको चिडियाखानामा राखिएको उक्त बच्चा अरु बाँदरसँग घुलमिल हुन खोज्छ तर उसलाई अरु बाँदरले आफ्नो हुलबाट धपाउँछन् । त्यसैक्रममा ज्यान जोगाउन उ भागेर खेलौनाको शरणमा पुग्छ । आमा ठानेर बाँदरको बच्चा खेलौनासँगै लुटपुटिन्छ ।

खासमा सन् २०२५ को जुलाई २६ मा इचिकावा नगर चिडियाखाना तथा बोटानिकल गार्डेनमा एउटी सुन्दरीले करिब ५ सय ग्रामको छोरा जन्माउँछे । तर, चर्को गर्मीमा त्यसमाथि पहिलो पटक सुत्केरी भएको उसले आफ्नो छोरालाई उचित स्याहार दिन सक्दिन ।

पंच नाम दिइएको बच्चाले आमाकोे माया पाउँदैन । पछि अर्की सुन्दरीले हुर्काउलिन् भनेर पंचलाई बाँदरको अर्को हुलमा राखिन्छ । तर, अर्को हुलका बाँदरले पनि उसलाई धपाउँछन् ।

नवजात कमजोर शिशुलाई आमाले नै अस्वीकार गरेपछि चिडियाखानाका कामदारहरु २४ वर्षीय कोसुके शिकानो र ३४ वर्षीय शुम्पेई मियाकोशीले नै उसलाई हुर्काउने काम गरे ।

जंगलमा हुर्किएका शिशु मकाक बाँदर न्यानोपन र सुरक्षाको लागि आफ्नी आमाको फेरोमा निरन्तर टाँसिरहन्छन् । मातृत्वको अनुभूतिका लागि चिडियाखानाका कामदारले पंचलाई नरम खेलौना दिन थाले ।

पंच चाँडै खेलौनासँग बाँधियो । खेलौनासँगै उसले दिन बिताउन थाल्यो । आफूजस्तै देखिने र आफूभन्दा केही ठूलो आकारको ओराङउटान खेलौना उसलाई औधी मन पर्छ । पंच जता जान्छ, निर्जिव खेलौनालाई आफूसँगै घिसारेर हिड्छ ।

जनवरी २०२६ को मध्यमा उसलाई दर्जनौं बाँदरहरूको घर ‘बाँदर पहाड’ घेरामा सावधानीपूर्वक राख्ने तयारी गरियो । सुरुमा ठूला बाँदरहरूबाट डराएको पंच प्रायः आफ्नो खेलौना लिएर पछि हट्थ्यो ।

अहिले भाइरल भइरहेको भिडियोमा पंचलाई अरु बाँदरको हुलले धपाएको देख्न सकिन्छ । यसरी अरुबाट तिरस्कृत भएको पंच ज्यान जोगाउँदै भागेर सोही ओराङउटान खेलौनाको शरणमा जान्छ । आमा ठानेर खेलौनालाई काखी च्याप्छ ।

भिडियोमा थकान र निन्द्रका कारण पंच त्यही खेलौनासँग सुतेको देख्न सकिन्छ । उसले सुतिरहेको बेला खेलौनालाई अँगालो हाल्छ ।

भिडियो भाइरल भएपछि मानिसहरुले सामाजिक सञ्जालमा पंचप्रति सहानुभूति प्रकट गरिरहेका छन् । चिडियाखानामा उसलाई हेर्न आउनेको सङ्ख्या पनि बढ्दो छ । फेब्रुअरी १४–१५ ताका उसलाई हेर्न ८ हजारभन्दा धेरै मानिसहरु आएका थिए ।

जुन, अरु समयभन्दा दोब्बरले धेरै हो । चिडियाखाना प्रशासनले अपेक्षाभन्दा धेरै भीड भएका कारण उत्पन्न असुविधाप्रति माफी माग्दै आफ्नो कार्यसञ्चालनमा सुधार ल्याउने वाचा गरेको छ ।

पंच अहिले ६ महिनाको भयो । अहिले लगभग दुई किलोग्राम तौल भएको छ । उसलाई अझै पनि पूरक खाना दिने गरिएको छ । अहिले अरु बाँदरसँग उसले अधिक आत्मविश्वास देखाउन थालेको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  ३ : ४४ बजे

लुम्बिनी सरकारको बजेट खर्च जम्मा ४७ प्रतिशत

दाङ– लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ मा हालसम्म

बजेटका पक्षमा मतदान गर्न ‘ह्विप’ जारी

मकवानपुर– नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आज हेटौँडामा भएको

कांग्रेस एकताबारे असार २५ सम्म निर्णय माग्दै शेखरको अल्टिमेटम

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताबारे असार २५

अर्थमन्त्रीले भने- मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार मुलुकलाई फाइनान्सिएल एक्सन टास्क

यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते

मकवानपुर– जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को