रोकिएन रास्वपा छोड्ने क्रम, बाराका सहसचिवले त्यागे साधारण सदस्यता « Khabarhub

रोकिएन रास्वपा छोड्ने क्रम, बाराका सहसचिवले त्यागे साधारण सदस्यता


८ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी मधेस प्रदेश कमिटीका संस्थापक सदस्य पवन चौधरीले पार्टीको साधारण सदस्यबाट समेत अलग हुने घोषणा गरेका छन्। बारा जिल्ला कमिटी सह–सचिव एवम् संगठन प्रमुख चौधरीले शुक्रबार उक्त घोषणा गरेका हुन् ।

शुक्रबार केन्द्रीय कार्यालयलाई सम्बोधन गर्दै बुझाइएको राजीनामा पत्रमा चौधरीले २०७९ साउन ७ गतेदेखि पार्टीमा आवद्ध भई आफ्नो योग्यता, क्षमता र समय समर्पित गर्दै निरन्तर काम गरेको उल्लेख गरेका छन्।

‘राजनीतिमा युवा पुस्ता आउनुपर्छ’ र ‘जान्नेलाई छान्ने’ भन्ने नाराबाट प्रेरित भएर पार्टीमा लागे पनि पछिल्लो समय पार्टीले अवलम्बन गरेको पद्धति, निर्णय प्रक्रिया र कार्यशैली स्थापनाकालीन मूल्य, विधान र सार्वजनिक प्रतिबद्धताविपरीत भएको निष्कर्ष उनले निकालेका छन्।

आसन्न फागुन २१ गतेको निर्वाचन सन्दर्भमा संगठनभित्र योगदान दिएका कार्यकर्ताको उचित मूल्यांकन नभएको, विधि र विधान विपरीत गतिविधि भएको तथा पार्टीका सिद्धान्त व्यवहारमा लागू नभएको आरोप उनले लगाएका छन्।

यसका केही निर्णय आर्थिक अनियमितताबाट प्रेरित भएको दाबी गर्दै त्यसले आफ्नो आत्मसम्मान र राजनीतिक मूल्यमा आँच पुगेको पनि उनले उल्लेख गरेका छन् ।

यस्तो परिस्थितिमा मौन बस्न असमर्थ रहेको जनाउँदै उनले शुक्रबारदेखि नै लागू हुने गरी पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको स्पष्ट पारेका छन्।

२०७९ को निर्वाचनमा बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट चौधरीले ७ हजार मत पाएका थिए । उनी शुक्रबारदेखि नै  विनय यादवको राष्ट्रिय एकता दलमा प्रवेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा बोल्दै चौधरीले रास्वपाको पछिल्लो कार्यशैलीप्रति असन्तुष्टि जनाए ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  ४ : ०२ बजे

जलविद्युत् रोयल्टी बाँडफाँडका मुख्य सूचक तय, भौगोलिक अवस्थालाई ५० प्रतिशत भार

काठमाडौं– विद्युत् विकास विभागले जलविद्युत् आयोजनाबाट प्राप्त रोयल्टी बाँडफाँडको आधार र

पाकिस्तानमा भारी वर्षा, चार जनाको मृत्यु, १६ घाइते

एजेन्सी– पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको बन्नू जिल्लामा भएको भारी

नेपाल र चीनका सगरमाथा आरोही बेइजिङमा सम्मानित

बेइजिङ– चीनको राजधानी बेइजिङमा आरोही तथा सङ्घीय सांसद मिङ्मा ग्याबु

भारतीय वायु सेनाको विमान दुर्घटना 

एजेन्सी– भारतीय वायु सेना (आइएएफ) को एएन–३२ परिवहन विमान शनिबार

निकासी आदेशपछि लेवनानमा इजरायली आक्रमण

एजेन्सी– निकासी चेतावनी जारी गरेको केही समयपछि इजरायली सेनाले छापा