कांग्रेसको केन्द्रीय समिति बैठक शुक्रबार बस्ने | Khabarhub Khabarhub

कांग्रेसको केन्द्रीय समिति बैठक शुक्रबार बस्ने


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाउन भोलि (शुक्रबार) केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठक उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाउने विषयमा केन्द्रित हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा समसायिक राजनीति, उपनिर्वाचनमा पार्टीको तयारी, पार्टीका केन्द्रीय विभाग गठनलगायत विषयमा समेत छलफल हुने बताइएको छ ।

पार्टीको संसदीय समिति गठन नभएकाले केन्द्रीय समिति बैठकले उम्मेदवार टुङ्गो लगाउने सम्बन्धमा पदाधिकारीलाई अधिकार प्रत्यायोजन गर्ने बताइएको छ । यसपछि कात्तिक १७ गते बस्ने केन्द्रीय समितिको बैठकले पार्टीका तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाउने पार्टी कार्यालयले जनाएको छ ।

यसैगरी बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा उपनिर्वाचन हुने जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट पार्टीका सम्बन्धित निकायले सिफारिस गरी पठाएका नामावलीमाथि छलफल भएको थियो ।

पदाधिकारी बैठकमा उपनिर्वाचन हुने सम्बन्धित प्रदेशमा पार्टीको राष्ट्रिय जागरण अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिले सम्बन्धित प्रदेशमा पार्टीको वस्तुस्थितिका बारेमा जानकारी गराएको मुख्य सचिव पौडेलले बताए ।

उपनिर्वाचन हुने जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट पार्टीका सम्बन्धित सबै निकायले उम्मेदवारको नाम सिफारिस गरिसकेको पार्टी कार्यालयले जनाएको छ । ३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  ५ : ५९ बजे

दोस्रो चरणको बन्द प्रशिक्षणमा २५ खेलाडी बोलाइयो, कुशल मल्ल परेनन्

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग–२ अन्तर्गतको

गाजामा इजरायली आक्रमण हुँदा तीन शिशु सहित ११ जनाको मृत्यु

गाजा सिटी – गाजाको नागरिक रक्षा निकायले शनिबार जानकारी दिएको

नागढुङ्गा-नौबिसे सडकखण्ड रातिमा बन्द गरिने

काठमाडौं– त्रिभुवन राजपथको नागढुङ्गा-पिप्लामोड सडक निर्माण तथा सुधार गर्नुपर्ने भएकाले

आजका समाचार : प्रधानमन्त्रीको ब्रिफिङ, नीति, कार्यक्रमप्रति कांग्रेस सांसद असन्तुष्ट र अस्ट्रेलियामा सत्तारुढ लेबर पार्टी विजयी

एमाले संसदीय दलको बैठकमा सुशासन र विकासबारे प्रधानमन्त्री ओलीको ब्रिफिङप्रधानमन्त्री

गाजामा इजरायली आक्रमण, तीन शिशु सहित ११ जनाको मृत्यु

एजेन्सी– गाजाको नागरिक रक्षा निकायले शनिबार जानकारी दिएको अनुसार दक्षिणी