कर्मयोगी ‘बा’को पदचाप पछ्याउँदा « Khabarhub

मनोसंवाद

कर्मयोगी ‘बा’को पदचाप पछ्याउँदा


९ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

बा : पढाई सकेर के मा जागिर हो नि ?

: प्रोजेक्टमा हो बा ।

बा : २०३० ३४ सालतिर बिफर उन्मूलन प्रोजेक्टको जागिर मैले पनि गरेकै हो । तर छोडियो अनि लागियो सरकारीतिर । कैले खाने हो नि सरकारी जागिर ? वन पढेको डिफओ भन्छन् क्यारे । तर प्रशासन भन्या प्रशासन हो । प्रशासन अधिकृत कोशिश गर न बाबु ।

यी संवाद ४ वर्ष अगाडि दैनिक जसो बाउछोराको वार्तालापमा कहिँ न कहिँ कसरी न कसरी तारान्तार पुनरावृत्ति भैइरहन्थे । बाआमाको धोको छोराछोरी आफूभन्दा एक कदम अगाडि आइदिए हुन्थ्यो भन्ने लाग्दो रहेछ क्यारे ! पञ्चायत कालमा देशदौडाहामा निस्किएर न्याय दिने खरिदार पदमा सरकारी सेवामा प्रवेश गर्नु भएका मेरा बा रिटायर्ड हुँदा नायब सुब्बामा हुनु भो ।

मेरा बालाई प्रशासन अधिकृत पदमा कोही सन्तान पुगिदिए हुन्थ्यो भन्ने ठूलो धोको थियो । तर, पनि पद कति गौण हुन्छ भन्ने कुरा मैले बाको खुला विश्वविद्यालयसरी जीवनचरित्रबाट बाल्यावस्थादेखि नै अनुभूति गरेको छु । पञ्चायतदेखि गणतन्त्रसम्म, ग्रामदेखि जिल्लास्तर, प्रदेशदेखि केन्द्र स्तरसम्म सार्वजनिक प्रशासनको क्षेत्रमा बाको उपस्थिति सर्वमान्य थियो ।

अहिले पनि सम्झिन्छु– जिल्ला, अञ्चल र विकासक्षेत्रका स्तर बैठकहरूमा आफ्नो कार्यालयबाट बा प्रमुखकै प्रतिनिधित्व गरी अर्थपूर्ण सक्रिय सहभागिता जनाउनुहुन्थ्यो । तत्कालीन राजा वीरेन्द्रको राजपुर, खप्तड भ्रमणको चाँजोपाजो ‘बा’कै प्रशासनिक व्यवस्थापकीय नेतृत्वमा भएको र सो सम्बन्धका घमाईला रमाइला कुराहरू सानोमा कथा सरी बा सुनाइरहनुहुन्थ्यो ।

स्कुले विद्यार्थी जीवनमा मेरा लागि बुधवारको दिन बिदाको दिन जस्तै बनाएर सरकारी कार्यालय बासँगै जाने र कर्मचारीसँग वार्तालाप गर्ने रुटिन थियो । यही पृष्ठभूमिले होला, बाल्यकालदेखि नै मेरो सार्वजनिक प्रशासनप्रतिको दृष्टिकोण क्रमिक रूपमा परिपक्व बन्दै गयो र त्यसको प्रतिफलस्वरूप मेरो व्यक्तिगत नेतृत्व शैली पनि थप प्रखर र धारिलो हुँदै गैरह्यो।

बाल्यकालमा मातृवात्सल्यबाट वञ्चित हामी सात सन्तानका लागि बा, दोहोरो जीवन चरित्रका रुपमा आमा झै धर्ती अनि बा झन् आकाशका रुपमा रहनुभयो । आमालाई पृथ्वी मान्दा र बुवालाई आकाश सम्झिदा त्यही आकाश र पृथ्वी जोड्ने क्षितिज सन्तान हुन सकिन्थ्यो कि सकिन्थेन रु क्षितिज बनेर हाँस्दै हँसाउदै अनुपम अलौकिक आकृतिहरुलाई पूर्ण रंगसहितको जीवनमा बुढेसकालको सहारा बन्न सफल हुन्थे या हुन्थेन ? भन्ने प्रश्न सायद भगवान र भाग्यकै गर्भमै आजको अवस्थामा यसै अनुत्तरित नै रह्यो।

जीवनको गोरेटोमा हात समातेर जिन्दगीका कर्मयोगी पाइलाहरु चलाउँदै अनि हुर्किदै गर्दा किन किन मेलै बालाई धेरै बुझ्न थालेँ । बाको सँघर्ष, सन्तानको उच्च पढाइका लागि अतिरिक्त मेहेनत, आफनो केटाकेटी बेलामा छुटेका सबै सुख हाम्रो लागि नछुटोस भनेर गरेको दुख बुझ्न थालेँ।

झन त्यसमाथि २१ वर्षसम्म आमाबिनाको नितान्त एक्लो जीवन जसमा सन्तान सुखका लागि गरेको त्याग, समर्पण, कर्मयोगी बा को सँघर्ष वर्णन गर्न नसकिने सबै कुरा रह्यो । अस्थायी जिन्दगीमा स्थायी जागिरे बाका सपना थिए अनि मेरा संकल्प । तर सोचे झैंं, सम्झे झैंं जीवन कहाँ सरल र सीधा रेखामा जान्छ र ? सङ्घर्ष र सफलताका बीचमा कैयौं अनगिन्ती कहानीहरु लुकेका हुन्छन ।अभाव र अवसरका बीचका जीवन अध्यायहरु मानसपटलमा मनुस्मतिका रुपमा अगाडि अहिले आइरहन्छन।

विकासका परियोजनाहरूमा कार्यक्रम अधिकृतदेखि सोही क्षेत्रका विषयविज्ञ हुँदै सल्लाहकारको भूमिकासम्मको यात्राले व्यक्तिगत प्रतिभा प्रस्फुटनमा निरन्तर अग्रगामी छलाङको संकेत त गरिरहेको थियो। तर, पनि समग्र सामाजिक रुपान्तरणमा अपनत्व र दिगोपनाको अभाव पेशागत यात्रामा खड्किरह्यो। सुदूरको सिलगढीदेखि युरोपको स्वीडेनसम्मको यात्रा तय गर्दै राष्ट्रियदेखि अन्तर्राष्ट्रिय तहमा छवि विस्तार गर्दे ज्ञान, सीप अनि दक्षता विकासमा अभिवृद्धि भइरहेको भान हुन्थ्यो।

विदेश बसाइको क्रममा प्रायः हरेकको मनमा  ‘अब यत्तै सेटल हुनैपर्छ’ भन्ने भाव आउँछ नै । म पनि यसको अपवाद भइन। तर युरोपका पाँच देश भ्रमण गरी वस्तुगत विश्लेषण गर्दै जाँदा, अन्ततः मेरो अनुभवले पुष्टि गर्दै गयो कि विदेश होइन, आफ्नै देश नै पेशागत जीवनका लागि उत्तम विकल्प हो।

बृहत सार्वजनिक प्रशासन क्षेत्रको तयारीमा लाग्दै गर्दा देशमा भएको जेन्जी आन्दोलनले विरक्तमनले फेरि एकपटक विदेशको भूत नचढेको भने होइन ।  योग्यता, क्षमता र अनुभवका आधारमा जापानको क्योटो विश्वविधालयका प्रोफेसरसँगको निरन्तर सम्पर्क स्थापित गर्दै पीएचडी पढाइका लागि वातावरण लगभग तयार जस्तै नै थियो तर जनसेवाको हुटहुटीले सार्वजनिक प्रशासन क्षेत्रको प।प्क्षा दिन भने छोडिएको थिएन ।

अनुभव र विज्ञताका आधारमा काठमाडौंका कलेज तथा एकेडेमीहरुमा बिहान अध्ययन अध्यापन र दिउँसो प्रोजेक्ट परियोजनाका प्रतिवेदनहरु लेख्दै मध्य रातिसम्म लोकसेवाका विस्तृत पाठ्यक्रमको अध्ययन गर्नु आफैँमा कम चुनौतीपूर्ण दिनरातहरु थिएनन् ।  

देशकै लागि केही न केही गर्ने हुटहुटी, बाआमाका अदृश्य आशिर्वादसँगै परिवारजन शुभचिन्तक मनहरुका सपना पुरा गर्ने इच्छा अनि जीवन सहयात्री तप्ताको होस्टेमा हेंसै गर्दै दिन प्रतिदिनको साथ सहयोग मेरा निमित्त उत्पेरणाका श्रोतहरुका रुपमा काम गरे।

गैरसरकारी देखि प्राध्यापन, प्राध्यापनदेखि सरकारी क्षेत्रसम्मको पेशागत यात्रा दौरान क्रममा अनगिन्ती अनुभूतिहरु सँगाल्दै जीवन जगत अभै  बुझिरहेको छु । अस्थायी जिन्दगीमा स्थायी पेशाप्रतिको लगाव मानवीय संवेग हो जस्तो लाग्छ । 

योग्यता र क्षमताको अन्य क्षेत्रमा गरिने मापनलाइ औपचारिक तवरले लोकसेवाले अनेकन वैज्ञानिक आधुनिक परीक्षण विधिद्वारा निष्पक्ष पारदर्शी रुपमा मापन गरिदिँदा वर्षौँदेखि जम्मा गरिएका कागजी खोस्टाका रुपमा रहने सर्टिफिकेटको पूर्ण प्रमाणिकरण भएजस्तो लाग्दो रहेछ।

जनसेवा जस्तो उच्चकोटिको सेवा गर्नु नै धर्म हो भनी वेद वेदान्तहरुले उल्लेख गरेका छन । यसप्रति होमिन पाउँदा खुसीसँगै चुनौती र सामाजिक जिम्मेवारी बोध भएको छ । सैद्धान्तिक परीक्षामा पास भएपनि व्यक्तिगत समस्याभन्दा जन समस्या समाधान गर्ने व्यवहारिक परीक्षामा खरो र दरो रुपमा पास हुन सकिएला या नसकिएला त्यो हेर्न बाँकी नै छ ।

म मेरा संवेग अभिव्यक्त गरिरहँदा कतिपय अवस्थामा निरश सुनिए पनि निराशावादी कदापि छुइँन । आमाको आशिष, बाको भरोसासँगै आफन्तजन र शुभचिन्तक मनहरुको विश्वासबाट केही न केही गर्ने उर्जा, उत्प्रेरणा र हुटहुटी हिजो पनि थियो । आज पनि छ र जीवन रहुन्जेल रहिरहनेछ । बाले भनेझैँ म केही गर्न जन्मिएको हुँ जस्तो लाग्छ । यही आड भरोसाले जीवनमा धेरै विश्वास बढ्दै गएको छ ।

हुन त, म मात्रै सार्वजनिक प्रशासन क्षेत्रमा आबद्ध भएको होइन, यहाँ कैयन उत्प्रेरकहरु हुनुहुन्छ जजसले थुपै क्षेत्रमा अमूल्य योगदान दिरहनुभएको छ । सार्वजनिक प्रशासनको विधामा नेपाल विद्युत प्राधिकरणको प्रशासनक्षेत्रमा प्रशासकीय अधिकृतमा जनसेवा गर्ने सुअवसर मेरा लागि नवीनतम अनुभूति पक्कै हुनेछ ।

अत्यावश्यक सेवाका रुपमा दुरदराजमा रहेका जनतालाई उज्यालोको प्रकाश छर्न कहीँ न कहीँ केही न केही योगदान अवश्य रहनेछ ।  मेरा यस्तै अविस्मरणीय अनुभव भोगाई, इच्छा, चाहनाले भरिएका भावहरु कोही न कोहीलाई उत्प्रेरणा मिलोस् भन्ने अभिप्राय मात्रै हो । यत्ति नै यहीँ नै सर्वोपरी पनि होइन ।

पहिलो प्रयासमै सार्वजनिक प्रशासनप्रति पाइला चाल्दै गर्दा आगामी दिनमा यस क्षेत्रको आबद्धताको अनुभवले अझै जिम्मेवार, जवाफदेही र उत्तरदायी बनाउनेछ भन्ने सोच गहिरिदै छ ।

सम्भावनाका सुअवसरहरुलाई पहिल्याउँदै थप सशक्त, सक्षम र सबल बन्दै जाने दृढ सकल्पलाई कालान्तरमा मूर्तरुप दिन सकियोस जस्तो लाग्छ। संघर्ष, सपना र सफलतालाई पछ्याउँदै  मध्यम पारिवारिक पुष्ठभूमिबाट भुइँमान्छेका रुपमा रहँदै जनसेवाप्रति कटिबद्ध हुन सकियोस भन्ने चाहना छ ।

यस्तै वास्तविक आत्मकथाहरूले संघर्ष र समर्पणको महत्त्वलाई स्पष्ट रूपमा देखाउँदै र सधैं सकारात्मक सोच राख्न प्रोत्साहित गर्दछन् भन्ने लाग्छ । ढुँगाको कापमा उम्रिएको पीपलजस्तै कठिन बाटोमा सपनालाई साकार तुल्याउन सरल अनि सहज कदापि हुँदैन।  जीवन आफैँमा गतिशील अविराम यात्रा हो, जहाँ हरेक पाइला सङ्घर्ष र सम्भावनाले भरिएको हुन्छ ।

मानिस जन्मिएदेखि मृत्युसम्म अनेकौँ अनुभव, चुनौती, असफलता र सफलताबाट गुज्रन्छ । यी सबै अनुभूतिको समष्टि नै जीवन हो । बाहिरबाट हेर्दा जीवन सरल देखिन सक्छ, तर भित्रभित्रै यो संघर्षको कठोर मैदानमा गोल हान्ने लक्ष्य सहितको खेलाडी बन्नु अत्यन्त कटिबद्ध हुनु जरुरी छ । जीवन संघर्ष र सम्भावनाको सुन्दर मिश्रणभित्र अपार सम्भावनाहरु लुकेका हुन्छन्, जसले जीवनलाई अर्थपूर्ण र सुन्दर बनाउँछ ।  

संघर्ष बिना जीवन निष्क्रिय हुन्छ भने सम्भावना बिना संघर्ष निरर्थक हुन्छ । जीवनलाई पूर्ण रूपमा बुझ्न दुवैलाई स्वीकार गर्नुपर्छ । जो मानिस संघर्षसँग डराउँदैन र सम्भावनामा विश्वास गर्छ, उही जीवनमा सफल हुन्छ । वास्तवमै, जीवन एउटा कथा हो- जहाँ प्रत्येक संघर्षले नयाँ सम्भावना जन्माउँछ, र प्रत्येक सम्भावनाले जीवनलाई अर्थ दिन्छ ।

संघर्ष,सम्भावना सपना अनि र सफलतालाई मूर्तरुप दिन विविध अभावबीच अवसर जुराइदिने भगवान, ब्रह्मलीन बाआमा, परिवार आफन्त जनदेखि सम्पूण शुभचिन्तक मनहरुमा यो सुरुवाती सफलता समर्पण गर्दै अन्तरआत्मामा उर्जा, उत्साह अनि उत्प्रेरणा जगाई जीवन यसरी नै अर्थपूर्ण बनाइरहन सकूँ ।

लेखक मलाशी नेपाल विद्युत प्राधिकरणमा प्रशासकीय अधिकृत हुन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  १२ : २७ बजे

रास्वापाले चुनाव भाँड्न खोज्यो : एमाले

काठमाडौं- नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामाथि चुनाव भाँड्न खोजेको

आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त

काठमाडौं– पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले लोकतन्त्रको स्थायित्व र सुशासनका

हिटलरको घर अब प्रहरी चौकी

एजेन्सी– नाजी तानाशाह एडोल्फ हिटलर जन्मिएको घरलाई अस्ट्रियाले प्रहरी चौकीमा

हिंसा रोक्न गौरमा तीनै सुरक्षा निकाय परिचालन, भित्री भेगमा छिटफुट नाराबाजी र होहल्ला जारी

गौर- साम्प्रदायिक हिंसा नियन्त्रणका लागि रौतहटको सदरमुकाम गौरका विभिन्न स्थानमा

उम्मेदवारहरूको घरदैलो अभियान तीव्र

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा देशभर राजनीतिक दल