टाटा कमर्सियल गाडीको सुरक्षित यात्राको लागि आजबाट होली सर्भिस क्याम्प « Khabarhub

टाटा कमर्सियल गाडीको सुरक्षित यात्राको लागि आजबाट होली सर्भिस क्याम्प


१० फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– होली पर्व नजिकिँदै गर्दा टाटा कमर्सियलले ग्राहकलाई आजदेखि १५ गते सम्मका लागि होली सर्भिस क्याम्पको आयोजना गरेको छ ।  उक्त क्याम्प सिप्रदीका २० वटा सर्भिस सेन्टरहरुमा एकै साथ संचालन हुनेछ ।

कम्पनीका अनुसार उक्त क्याम्पमा सहभागी ग्राहकका गाडीहरूको सुरक्षित यात्राको सुनिश्चितता प्रदान गर्नका लागि विशेष १० वटा प्वाइन्टहरु १.ब्रेक सिस्टम २.कुलिङ सिस्टम ३.इन्जिन हेल्थ तथा ल्यूव्रिकेशन ४. टायर/व्हील सेफ्टी, ५.इलेक्ट्रिकल सिस्टम ६.स्टेरिङ र सस्पेन्सन ७.क्लच र ट्रान्समिसन ८.क्याविन सेफ्टी ९. च्यासिस तथा अन्डरबडी चेक १०.इमरजेन्सी र सेफ्टी सम्बन्धि चेकअप सुविधाहरु रहेका छन् । जसले गाडीको कन्डिसनको बारेमा पूर्ण जानकारी प्रदान गर्दछ । 

यदि मर्मत तथा संभार गर्नु पर्ने अवस्था भएमा टाटा जेन्यूइन पार्ट्समा १५ देखी २० प्रतिशतसम्म छुट, ल्यूब्रिकेन्टमा २२% छुटको र लेवर चार्जमा ५० प्रतिशत छुटको व्यवस्था गरेको कम्पनीले जनाएको छ । 

सर्भिस प्यकेजमा दर्ता भएमा यही सुविधा एक वर्ष सम्म पाउन सकिने व्यवस्था कम्पनीले गरेको छ । प्री सर्भिस बुकिङ्ग गरी वर्कशप आउने भाग्यशाली तीन जान ग्राहकहरूलाई स्मार्ट फोन जित्ने अवसर पनि प्रदान गरेको छ । 

यस अवधिभरमा २००० भन्दा बढी गाडीहरूको चेकअप गर्ने कम्पनीको लक्ष्य छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार  १ : १८ बजे

आईपीएल: आरसीबीमाथि गुजरातको सानदार जित

अहमदाबाद – गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को ४२औँ

सीमा सुरक्षादेखि ‘डिजिटल’ रूपान्तरणमा सशस्त्र प्रहरी

काठमाडौं– मुलुकको शान्ति सुरक्षा, सीमा सुरक्षा, विपद् व्यवस्थापन, राजस्व चुहावट

लगातार तीन दिन सार्वजनिक बिदा : आज अस्पतालमा ओपिडी सेवा सञ्चालन

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज देशभरका सबै सरकारी

वैशाख शुक्ल पूर्णिमा : आज उभौली पर्व मनाइँदै

काठमाडौँ – प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई

बढी धुवाँ फाल्ने ३७ सवारीसाधन कारबाहीमा

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले बढी धुवाँ