धनगढीभित्रको सडक क्षेत्राधिकार आठ मिटर कायम « Khabarhub

धनगढीभित्रको सडक क्षेत्राधिकार आठ मिटर कायम


१० फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम- धनगढी उपमहानगरपालिकाले सडक क्षेत्राधिकार १० मिटरबाट घटाएर पुनः आठ मिटर कायम गर्ने निर्णय गरेको छ । नगरसभाको आज बसेको बैठकले जग्गा ‘प्लटिङ’ सम्बन्धी यसअघिको कार्यविधि संशोधन गर्दै सडक क्षेत्राधिकार आठ मिटर कायम गर्ने प्रस्ताव पारित गरेको हो ।

नगरसभा सदस्य एवं वडा नं १३ का अध्यक्ष विजय जोशीले सडक क्षेत्राधिकारमा एकरुपता कायम गर्न कार्यविधि संशोधन गरेर आठ मिटर कायम गर्ने प्रस्ताव पारित भएको जानकारी दिए ।

‘यसअघिको कार्यविधिमा तोकिएको सडकको क्षेत्राधिकारले नागरिकहरु गुनासो गर्दै अदालत धाउन थालेकाले भविष्यलाई लक्ष्य गरेर कार्यविधि संशोधन गरेर यो प्रस्ताव पारित गरिएको छ’ उनले भने ।

जग्गाको अंशबन्डा गर्दा र व्यावसायिक रुपमा प्लटिङ गर्दाको सडक क्षेत्राधिकारमा एकरुपता ल्याउन कार्यविधि संशोधन गर्नुपरेको हो । दुई वर्षअघिको बैठकले १० मिटर चौडा सडक क्षेत्राधिकार कायम गर्नेगरी जग्गा प्लटिङसम्बन्धी कार्यविधि पारित गरेको थियो ।

सडकको क्षेत्राधिकार अनावश्यक रुपमा बढी भएको भन्दै कतिपय जनप्रतिनिधिले असहमति जनाएका थिए । असहमतिसँगै निर्णय कार्यान्वयनको चरणमा लैजान विवाद उत्पन्न भएको थियो ।

सडक क्षेत्राधिकार १० मिटर कायम भएपछि धेरैजसो जग्गाधनी र घरधनी प्रभावित भएका थिए । आठ मिटर कायम भएसँगै तीमध्ये धेरै समस्या समाधान हुने अपेक्षा गरिएको छ । प्लटिङ स्वीकृति, नक्सा पास र नयाँ घर निर्माण प्रक्रिया सहज हुने देखिएको छ ।

सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी उपमहानगरपलिका क्षेत्र तीव्र रूपमा सहरीकरण भइरहेको छ । सीमावर्ती व्यापार, बसाइँसराइ र सेवा केन्द्रका रूपमा विकास हुँदै जाँदा सडक पूर्वाधारको दीर्घकालीन योजना आवश्यक हुन्छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार  १० : १४ बजे

राष्ट्रपति पौडेलबाट सीता जयन्तीको शुभकामना

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सीता जयन्तीको अवसरमा सबै नेपालीबीचको एकतालाई

देव गुरूङलाई प्रश्न : संविधान संशोधन बहसपत्र कार्यदलले के गर्दैछ ?

काठमाडौं- सरकारले गठन गरेको ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’

कायरोमा नेपाल–इजिप्ट मैत्री दौड

काठमाडौँ– सगरमाथा दिवस र अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा कायरोमा शुक्रबार

हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्रलाई भने- ‘जनतालाई धेरै दुःख नदिनु’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभाका सांसद हर्कराज राई

थापाथलीको सुकुमबासी बस्तीमा चल्यो डोजर (तस्बिर)

काठमाडौँ– सरकारले काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्तीमा डोजर चलाइएको छ ।