अमेरिकामा हिमपातले जनजीवन अस्तव्यस्त, ६ लाख घरमा विद्युत अवरुद्ध « Khabarhub

अमेरिकामा हिमपातले जनजीवन अस्तव्यस्त, ६ लाख घरमा विद्युत अवरुद्ध


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकाको पूर्वी तटीय क्षेत्रमा भएको हिमपातका कारण जनजीवन कष्टकर बनेको छ। हिमपातसँगै उत्पन्न प्रतिकूल मौसमका कारण अमेरिकाभित्र र बाहिर हुने पाँच हजार ६ सयभन्दा बढी उडान रद्द भएका छन्।

राष्ट्रिय मौसम सेवाका अनुसार रोड आइल्यान्ड र म्यासाचुसेट्सका केही भागमा ३३ इन्चसम्म हिउँ जमेको छ। यो रोड आइल्यान्डको इतिहासकै सबैभन्दा ठूलो हिमपात हो । यो हिमपातले सन् १९७८ को रेकर्ड समेत तोडेको छ। न्युयोर्कको सेन्ट्रल पार्कमा १९ इन्चभन्दा बढी हिउँ परेपछि न्युयोर्क राज्यले यात्रा गर्न असम्भव भएको भन्दै चेतावनी दिएको छ।

भीषण आँधी र हिउँका कारण न्युजर्सी र म्यासाचुसेट्ससहितका पूर्वी तटीय राज्यहरूमा ६ लाखभन्दा बढी घर र व्यवसायमा विद्युत आपूर्ति बन्द भएको छ। म्यासाचुसेट्सका गभर्नर मौरा हेलीले दक्षिण–पूर्वी क्षेत्रमा अत्यावश्यक बाहेकका सबै यात्रामा प्रतिबन्ध लगाउँदै सुरक्षित रहन आग्रह गरेकी छन्।

न्युयोर्कको ला गार्डिया विमानस्थलबाट हुने ९८ प्रतिशत र जेएफकेबाट हुने ९१ प्रतिशत उडानहरू रद्द गरिएका छन्। बाक्लो हिउँ र तीव्र हावाका कारण सडकमा सवारी साधन चलाउन पूर्ण रोक लगाइएको भए पनि केही क्षेत्रमा प्रतिबन्ध खुकुलो बनाइएको छ।

उत्तर क्यारोलिनादेखि मेन राज्यसम्म चेतावनी जारी गरिएको छ। हिमपात मंगलबार बिहानसम्म जारी रहने र केही तटीय क्षेत्रमा थप १ देखि २ फिटसम्म हिउँ जम्न सक्ने मौसमविद्को पूर्वानुमान छ ।

तस्बिर: एपी

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  ७ : २३ बजे

बरामद सञ्चारसामाग्रीसहित किशोर श्रेष्ठलाई सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौं– सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमा

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

रोल्पा– रोल्पाको सुनछहरि गाउँपालिका–२ स्थित फलबाङ गाउँमा बिहीबार राति पहिरोले

झापाका किसानलाई मलको अभाव नहुने

भद्रपुर– कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लामा मलको आपूर्ति निरन्तर गरिरहेको

होल्डिङ सेन्टरमा मृत्यु प्रकरण : शव टिचिङमा, परिवारले सरकारसँग राखे १२ बुँदे माग

काठमाडौं – वैकल्पिक व्यवस्थाबिनै घरटहरा भत्काएर विस्थापित गरिएका हिरालाल हजारा

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौं– इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका